Techie IT

अछाममा लगडाउनमा कडाई गरिने सिडियो पौडेलको उद्धघोष (कुराकानी सहित)


अछाम जिल्लामा लगडाउनमा थप कडाई गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा एकै दिन ३ जनामा कोरोनाको सँक्रमण भेटिएपछि अछाममा कोरोनाको सँक्रमण फैलिन नदिन लगडाउनमा थप कडाई गरिने भएको हो ।

सुदुरपश्चिममा शनिवारसम्म ४ जनामा कोरोनाको सँक्रमण भेटिएसँगै अछाममा कोरोना सँक्रमण फैलिन नदिन नागरीकको आवत जावत बन्द गर्न लगडाउनमा थप कडाई गर्न लागीएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको भनाई छ ।

सुदूरपश्चिम प्रदेशमा शनिवार सम्म ४ जनामा कोरोना सक्रमित भेटिएकोमा २ जना भारतबाट हालसालै आएकाहरु रहेको पाईएकाले अछाममा पनि लगाडाउनमा कडाई गर्नुका साथै थप आवश्यक क्रियाकलाप सँचालन गर्न लागीएको सिडियो पौडेलले बताउनुभयो ।

भारतबाट अछाम जिल्लामा पनि हालसालै सयौँको सँख्यामा नागरीकहरु भित्रिएकोमा उनीहरु सेल्फ करेन्टाईनमा बसे नबसेको र उनीहरुको अवस्थाका बिषयमा कडा निगरानी राखीने उहाले बताउनु भएको छ ।

गौरिफन्टा नाकाबाट उद्धार गरि ल्याएका मध्य सोहि समुहमा रहेका एक जना युवामा कोरोनाको सँक्रमण रहेको पुष्टि भईसकेपछि गौरिफन्टा नाकाबाटै उद्धार गरि अछाम जिल्लामा करेन्टाईनमा राखीएकाहरुको पनी आवश्यकता अनुशार थप स्वास्थ्य परिक्षण गर्न सकिने सिडियो पौडेलले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सँगै अन्य प्रदेशमा पनि कोरोनाको सँक्रमण फैलीन नदिने गरि बहुपक्षीय समन्वय गरि अगाढी बढ्ने तयारी भईरहेको उहाँको भनाई छ ।

अछाममा सम्भावित कोरोना संक्रमितको कोरोना परिक्षणका लागी आवश्यक पर्ने स्वास्थ्य उपकरणको व्यवस्थापनका लागी सम्वन्धित निकायसँग पहल गरिरहेको पौडेलले बताउनुभयो ।

कोरोनाको सँक्रमण फैलिन नदिन आवश्यक रणनिति अपनाईएको बताउदै सिडियो पौडेलले कोरोना नियन्त्रणका लागी जिल्लास्थित बिभिन्न निकायबाट भईरहेको क्रियाकलापमा रचनात्मक सहयोग गर्न जिल्लावासीमा अनुरोध गर्नुभयो ।

कोरोनाको सँक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन सुरक्षीत साथ घरमै बस्न, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन,बेला बेलामा सावुन पानीले हात धुन तथा सरसफाईमा ध्यान दिन र कुनै स्वास्थ्य समस्या देखीएमा स्वास्थ्य सँस्थामा सम्पर्क गर्न सिडियो पौडेलले सवैमा आग्रह समेत गर्नु भएको छ ।

कुराकानी


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस