अछाममा घरभित्रै पसेर बाघले आक्रमण गर्दा एक महिला शक्त घाईते

अछाममा बाघको आक्रमणबाट एक महिला शक्त घाइेते भएकि छन ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ५ कन्कान्लाकी एक महिलालाई बाघले घरभित्रै आक्रमण गर्दा शक्त घाईते भएकि हुन ।
घाईते हुनेमा ६८ बर्षिया बेला देवी भण्डारी रहेकि छन । उनलाई बाघले आईतवार बिहान बाख्रा हुल्याईएको गोठ भित्रै आक्रमण गरेको थियो ।
बिहान साढे ६ बजेतिर बाख्रालाई घाँस तथा दाना खुवाउन जाँदा गोठ बाहिरबाटै २ वटा बाख्राहरु मरेको देखेपछि गोठ भित्र हेर्न जाँदा उनलाई बाखले गोठभित्रै आक्रमण गरेको बताईएको छ ।
स्थानिय तपेन्द्र बजगाँइका अनुसार घाईते महिलाको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरिरका बिभिन्न अँगमा पनि चोट लागेको छ र उनको अवस्था गम्भिर रहेको छ ।
गम्भीर घाईते भएकि ६८ बर्षिया भण्डारी पुर्व सँविधान सभा सदस्य तथा नेकपा नेता शरदसिँह भण्डारीको आमा हुन ।
उनलाई बिनायक स्थित स्वास्थ्य सँस्थामा प्राथमिक उपचार पछि काठ्माण्डौ लैजाने तयारी गरिएको छ ।
भण्डारीको उपचारका लागी काठ्माण्डौ लैजान सुर्खेतबाट हेलिकप्टर आउदै गरेको पत्रकार महेश रिमालले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस