कोरोना जाँचका लागी अछाममा हेलिकप्टर परिचालन हुन्छ : नेता कुँवर (कुराकानी सहित)

राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टि अछामका अध्यक्ष शेर बहादुर कुँवरले अछाममा सम्भावीत कोरोना सँक्रमितको जाँचका लागी हेलीकप्टर परिचालन हुने बताउनु भएको छ ।
अछाममा हालसालै भारतबाट भित्रिएका तथा सम्भावित कोरोना संक्रममितका रुपमा हेरीएका नागरीकहरुको कोरोना परिक्षणका लागी लागी स्वाव संकलन गर्न हेलिकप्टर परिचालन गरिने बताउनु भएको हो ।
भारतबाट हालसालै फर्किएका सुदूरपश्चिमका २ जना युवकमा कोरोनाको संक्रमण पुष्टि भएसंगै अछाममा भिक्रिएका नागरिकमा पनि कोरोना जाँच गर्न स्वाव सँकलनका लागी जिल्लामा हेलीकप्टर मार्फत टिम परिचालन हुने कुँवरले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य कुँवरका अनुसार कोरोना संक्रमणको जाँच गर्न मँगलवारसम्म स्वाव सँकलनका लागी अछाममा हेलीकप्टर सहित स्वास्थ्यकर्मीको समुह परिचालन हुनेछ र उनीहरुको स्वाव सँकलन गरि काठमाण्डौँमा परिक्षण गरिने छ ।
भारतबाट हालसालै भित्रिएका २ जनामा कोरोनाको संक्रमण भेटिएसँगै अछाम जिल्लामा पनि कोरोनाको संक्रमण फैलिन नदिन बिशेष सतर्कता अपनाउन जिल्लाबासीमा उहाले आग्रह समेत गर्नु भएको छ ।
भारतबाट हालसालै भित्रिएकाहरुमा कोरोना संक्रमण जाँच गर्न बाँकि रहेकाले उनीहरुमा पनि सँक्रमण भएको हुनसक्ने बताउदै कुँवरले उनीहरुले सुरक्षीत साथ सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने र अन्य व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउन नहुनेमा जोड दिनुभयो ।
जिल्लामा कोरोना जाँच गर्न स्वाव सँकलनका लागी आवश्यक भिटिएमसंगै स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापनका लागी पहल गरिरहेको कुँवरले बताउनु भएको छ ।
भारतबाट हालसालै भित्रिएका सर्वसाधारणलाई प्रदेश सरकारले उचित व्यवस्थापन गर्न नसक्दा पहाडी जिल्लामा समेत कोरोनाको जोखीम बढेको आरोपका सन्दर्भमा उहाले सरकारका तर्फबट केहि कमी कमजोरी भएको औँल्याउनुभयो ।
हाल भारतमा समस्यामा परेका तथा सिमामा अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको लागी बारम्वार सरकारको ध्यानकर्षण गराएको बताउदै नेता कुँवरले उनीहरुको व्यवस्थापनका लागी बिशेष पहल भईरहेको दावी गर्नु भएको छ ।
कोरोेनाको सँक्रमण फैलीन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लगडाउनमा कडाई गरिएकाले यसलाई पुर्ण रुपमा पालना गर्न सर्वसाधारणमा कुँवरले आग्रह गर्नुभयो ।
बिश्वका शक्तिशाली राष्टहरुले पनि कोरोनासँग हार खाएको अवस्थामा नेपालमा स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकारका तर्फबाट भईरहेका क्रियाकलापमा सवै क्षेत्रबाट रचनात्मक सहगोग आवश्यक हुने उहाको भनाई छ ।
नेपालमै नमुना अस्पतालमा स्थापीत भईसकेको बयालपाटा अस्पतालमा कोरोना जाँच प्रयोगशाला निर्माण गर्नुपर्नेमा कुँवरले जोड दिदै उहाँले यसका लागी सम्वन्धित निकायसँग पहलसँगै दवाव दिने काम गरिरहेकोे उल्लेख गर्नु भएको छ ।
कुराकानी : –
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस