बान्नीगढीमा स्वास्थ्यकर्मीको घरदैलो अभियान सुरु (तस्वीर सहित)

बान्नीगढी जयगढ गाउँपालिकाले हालसालै भारतबाट भित्रिएकाहरुको निगरानीमा कडाई गरेको छ ।

भारतबाट हालसालै आएका नागरीकहरुको स्वास्थ्य अवस्था तथा उनीहरुका दैनीक क्रियाकलाप जाँचबुझमा गाउँपालिकाले थप कडाई गरेको हो ।

बान्नीगढी जयगढ गाउँपालिकामा हालसालै भित्रिएकाहरु तथ्याँक महिला स्वास्थ्य स्वयमसेवीका मार्फत संकलन गरिएकोमा उनीहरुको तथ्याँक एकिन गर्न गाउँपालिकाले स्वास्थ्कर्मीलाई घरदैलो अभियानमा खटाएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलका अनुसार गाउँपालिकाका सवै वडामा हालसालै भारतबाट भित्रिएका नागरीकहरुको घरदैलोमै पुगेर स्वास्थ्यकर्मीले उनीहरुको स्वास्थ्य अवस्थासँगै उनीहरुका गतिविधिबारे जाँचबुझ गरिरहेका छन ।

उनीहरुको एकिन तथ्याँकसँगै स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श समेत गर्ने गरिएको छ ।

घरदैलोसँगै स्वास्थ्यकर्मीले गाउँटोलमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी लिन माईकिँग पनि गर्ने गरेका छन ।

तस्वीर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker