Techie IT

क्वारेन्टाईन निर्माणका लागी साँफेबगरमा पुर्व तयारी ( तस्वीर सहित )


साँफेबगर नगरपालिकाले नगरमा क्वारेन्टाइन निर्माणका लागी पुर्व तयारी पुरा भएको जनाएको छ ।

कोरोनाको सँक्रमण फैलीएमा साँफेबगर नगरपालिकामा क्वारेन्टाईन निर्माणका लागी गर्नुपर्ने आवश्यक तयारी पुरा भएको नगरपालिकाले जनाएको हो ।

जिल्लामा कोरोनाको सँक्रमण फैलीन सक्ने सम्भावनालाई मध्यनजर गरि नगरपालिकासंगै वडाहरुमा क्वारेन्टाईन निर्माणका लागी आवश्यक तयारी पुरा गरिएको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनु भएको छ ।

सामाजीक संजाल फेसवुक मार्फत कुँवरले नगरपालिकामा क्वारेन्टाईन निर्माण गर्न आवश्यक,लुगाकपडा,खाद्यान्न लगायत आवश्यक सामाग्रीको व्यवस्थापन गरिएको उल्लेख गर्नु भएको छ ।

तस्वीर


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस