कोरोना नियन्त्रणका लागी नागरीक अग्रसर हुन जरुरी : कांग्रेस नेता लुहार (कुराकानी सहित )

नेपाली कांग्रेस अछामका जिला कार्य समिति सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिका सँयोजक चन्द्र सिँह लुहारले कोराना नियन्त्रणका लागी सरकारसँगै नागरीक पनि अग्रसर हुन जरुरी रहेको बताउनु भएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलीन नदिन स्थानीय सरकारसंगै नागरीक पनी अग्रसर हुन जरुरी रहेको नेता लुहारले बताउनु भएको हो ।

बिश्वमै महामारीको रुपमा फैलीएको कोरोनाको सँक्रमण जिल्लामा फैलीन नदिन सरकार मात्र सक्रिय भएर नहुने भएकाले यसलाई नियन्त्रण गर्न नागरीकहरु स्वयम अग्रसर हुनपर्ने नेता लुहारको भनाई छ ।

कोरोनाको सँक्रमण फैलीन नदिन जिल्लास्थित सरोकारवाला निकाय लागी परेको अवस्थामा स्थानीय नागरीहरुले लगडाउनको पुर्ण रुपमा पालना गरि यसको सँक्रमण फैलीन नदिन तर्फ अग्रसर हुनुपर्नेमा उहाले जोड दिनुभयो ।

यस बिषम परिस्थितिमा स्थानीय सरकारले गरीरहेको क्रियाकलापको आलोचना गर्नु भन्दा कोरोना नियन्त्रणका लागी सरकारलाई रचनात्मक सहयोगको आवश्यकता पर्ने उहाले बताउनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकामा पनी सरकारका तर्फबाट सक्दो क्रियाकलाप भईरहेको उहाले औल्याउनु भएको छ ।

भारतबाट भित्रिएकाहरुबाट कोरोना सँक्रमण फैलीन सक्ने आशँकालाई मध्यनजर गरि उनीहरुलाइ समयमै व्यवस्थापन गर्नुपर्नेमा केहि कमजोरी भएको नेता लुहारले बताउनुभयो ।

कोरोनाको संक्रमण थप फैलीन लगडाउनका क्रममा बान्नीगढी जयगढ गाउँपालिकामा मदिराको ओसार पसारसँगै गाउटोलमा पसल सँचालन गरि नागरीकहरुको भिडभाड गर्ने जस्ता कार्य गर्न नहुनेमा उहाले जोड दिनु भएको छ ।

कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker