कोरोना नियन्त्रणका लागी बान्नीगढिमा आईभिआर सेवा सुरु

कोरोनाको सँक्रमण फैलिन नदिन तथा नागरीकहरुलाई यस वारे सचेतना फैलाउन बान्नीगढि जयगढ गाउँपालिकाले आइभीआर सेवा सँचालन गरेको छ ।
कोरोना सम्बन्धी बच्ने उपाय,देखीने लक्षण र अपनाउनुपर्ने सर्तकताका बिषयमा नागरीकलाई जानकारी गराउन गाउँपालिकाले आईभीआर सेवा सँचालन गरेको हो ।
आईभीआर सेवा अन्तर्गत गाउँपालिकाका नागरीकहरुको मोवाईल तथा टेलीफोनमा पालिकाबाट फोन सम्पर्क हुन्छ र फोन उठाउने बितिक्कै कोरोनाको सँक्रमणबाट बच्ने उपाय, सँक्रमण भएमा देखीने लक्षण, अपनाउनुपर्ने सतर्कताका बिषयमा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको आवाजमा सन्देश बज्ने गर्दछ ।
कोरोनाको सँक्रमण फैलिन नदिन आम नागरीकहरुलाई प्रत्यक्ष भेटेर तथा भेला गरेर सुझाव सल्लाह दिदा झनै जोखीम बढ्ने भएकाले गाउँपालिकाले आईभीआर सेवा मार्फत सचेतना फैलाउन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
कोरोना सँक्रमण फैलिन नदिन आईभीआर सेवा प्रभावकारी बन्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।