Techie IT

कोरोना रोकथामका लागी नगर प्रमुख बोहराको १ लाख बढि सहयोग


कोरोना रोकथाम तथा नियन्त्रणका लागी मँगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहराले व्यक्तीगत रुपमा आर्थिक सहयोग जम्मा गर्नु भएको छ ।

मँगलसेन नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी उहाले १ लाख ५ सय रुपैया सहयोग जम्मा गर्नु भएको हो ।

कोरोना नियन्त्रणका लागी राहात सँकलन गर्न मंगलसेन नगरपालिकाले सँचालनमा ल्याएको कोरोना भाईरस संक्रमण रोकथाम, राहत तथा उपचार कोषमा उहाले रकम जम्मा गर्दै अरुलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ ।

अछाम जिल्ला पनि कोरोना सँक्रमणको सम्भावित उच्च जोखीम रहेको जिल्लाका रुपमा हेरिएकाले मँगलसेन नगरपालिकामा यसको जोखीम न्युनिकरण गर्न मद्धत पुगोस भन्नका लागी आफुले आर्थिक सहयोग जम्मा गरेको उहाले बताउनुभयो ।

नगरपालिकाको यस अभियानमा साथ दिन चाहाने सँघ संस्था तथा व्यक्तिले मंगलसेनमा रहेको कृषी विकास वैंकको खाता नम्वर ०८२२६०१६०७००९०१० मा आर्थीक सहयोग जम्मा गर्न सक्ने बताईएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!