बयालपाटा अस्पतालबाट ५१ र मंगलसेनबाट १०७ जनाको नमुना संकलन

बयालपाटा अस्पतालबाट कोरोना सँक्रमण परिक्षण गर्नका लागी ५१ जनाको स्वाव संकलन गरिएको छ ।
मंगलवार हेलीकप्टर सहित आएको स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ५१ जनाको नमुना स्वाव संकलन गरेको हो ।
सम्भावित कोरोना संक्रमितका रुपमा हेरिएका बिभिन्न गाउँपालिकाका र नगरपालिकाका ५१ जनाको नमुना सँकलन गरिएको बताईएको छ ।
बयालपाटा अस्पतलाबाट ५१ जनाको स्वाव सँकलन गरिएकोमा ४५ जना पुरुषको र ६ जना महिलाको स्वाव संकलन गरिएको स्वाव सँकलन टोलीमा खटिनु भएका भेरी अस्पताल बाँकेका ल्याव टेक्नीसियन प्रसिद्ध ढकालले बान्नीगढी टुडेलाई जानकारी दिनुभयो ।
ढकालका अनुसार मंगलमाबाट पनि स्वाव संकलन गर्ने काम सकिएको छ । मंगलसेनमा क्वारेन्टाईनमा राखीएका ६४ जना सँगै नगरपालिकाका ४३ जनाको नमुना स्वाव संकलन गरिएको छ ।
कमलबजार नगरपालिकाबाट पनि आजै नमुना स्वाव संकलन गर्ने लक्ष राखीएकोमा आज सम्भव नभएपछि टोली आज अछाममै रहने र भोली मात्रै कमलवजार नगरपालिकाबाट नमुना स्वाव सँकलन गर्ने उहाले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस