Techie IT

रामारोशन गाउँपालिकाको आकस्मीक वैठक सम्पन्न


रामारोशन गाउँपालिकाको आकस्मीक वैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले विश्वभरी माहामारीको रुपमा फैलीरहेको कोरोना भाइरस अर्थात कोभिट १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अन्तर स्थानिय तह आवागमन पुर्ण रुपमा निषेध गर्ने, एक वडाबाट अर्को वडाको आवागमन पनि बन्द गर्ने निर्णय गरिएको छ ।

यस्तै रामारोशन गाउँपालिकामा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरु लाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड २०७६ पारित गरीएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताउनु भयो ।

भारत तथा सिमानाकामा आएर रामारोशन गाउपालिकाका १ हजार ५ सयबढि नागरिक अलपत्र परिरहेकाले तत्काल उद्धारका लागि प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको बताईएको छ ।

यस्तै बैठकले पालिकाले पारीत गरेको मापदण्ड अनुसार राहत पाउने मजदुर तथा व्यक्तीको विवरण तोकिएको ढाँचामा संकलन गर्न वडा अध्यक्षहरु लाई निर्देशन दिईएको छ भने पालिकामा निर्माण गरीएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार स्विकृत गर्ने निर्णय गरीएका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा सम्पुर्ण वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

रामारोशन टुडेबाट साभार


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!