कोरोना जाँचका लागी २ मेयर सहित ६८ जनाको नमुना संकलन

जिल्लाको कमलबजार नगरपालिकाबाट बुधवार नगर प्रमुख सहित ६८ जनाको स्वाव संकलन गरिएको छ ।
कोरोना सँक्रमण भए नभएको जाँचका लागी जिल्लाको कमलवजारबाट २ जना नगर प्रमुख सहित ६८ जनाको नमुना स्वाव सँकलन गरिएको हो ।
पञ्चदेवलन बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्ट सहित ६८ जनाको नुमना सँकलन गरिएको हो ।
६८ जनाको कोरोना जाँचका लागी नमुना सँकलन गरिएकोमा ६२ जना पुरुष र ६ जना महिला रहेको बताईको छ ।
जिल्लामा हेलीकप्टर सहित आएको स्वास्थ्यकर्मीको टोलीले हालसालै भारतबाट भित्रिएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको नमुना सँकलन गरेको हो ।
यस्तै कमलबजार नगरपालिकाका नगर उप प्रमुख भुमिशरण ढकाल बज्गाईको पनी नमुना सँकलन गरिएको छ ।
अछाम जिल्लामा हालसालै भारतबाट उल्लेख्य मात्रामा नागरीकहरु भित्रिएकाले अछाम जिल्लालाई पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने सम्भावित जिल्लाको रुपमा हेरीदै आएको छ ।
यसै बिच मँगलबारमात्र अछाम जिल्लाको बयालपाटा अस्पतालबाट ५१ जनाको र मंगलसेनबाट १०७ जनाको नमुना संकलन गरिएको थियो ।
अछाम जिल्लाबाट संकलन गरिएको नमुना स्वावको काठ्माण्डौमा परिक्षण गरिने छ । सम्भव त शुक्रवार सम्म रिपोर्ट आउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस