नगरप्रमुख बोहराद्धारा मन्त्री त्रिपाठीसंग अछाम अस्पतालको स्तरोन्नतीको माग

होम साउद, अछाम २८ चैत्र ।

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीसंग भिडियो कन्फ्रेन्स मार्फत अछाम अस्पतालको स्तरोन्नतीको माग गर्नुभएको छ ।

मन्त्रीसंग प्रत्यक्ष कुराकानी गर्दै नगरप्रमुख बोहराले दर्बन्दि अनुसार स्वास्थ्यकर्मी र उपकरण पठाउन तथा स्तरबृद्धिका लागि आग्रह गर्नुभएको हो ।

अछाम जिल्ला कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै संक्रमण फैलिएमा र उच्च तयारी नगरीए अवस्था भयावह हुने भएकाले संघिय सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई उचित सहयोग गर्नुपर्ने बताउनुभयो ।

कोरोना भाईरसको सम्भावित जोखिम न्यूनिकरणका लागि भएका प्रयासहरु र हालको वस्तुस्थितीबारे मन्त्रीलाई जानकारी गराउदै नगरप्रमुख बोहराले भारतले लकडाउन खोलेमा धेरै नेपालीहरु फिर्ता हुने भएकाले जिल्लाका स्थानीय तहलाई ब्यावस्थापन गर्न गाह्रो हुने जानकारी गराउनुभयो ।

गौरिफन्टा नाकाबाट चैत्र ११ गते आएका जिल्लाभरीका ५३ जनालाई क्वारेन्टाईन स्थापना गरि ब्यावस्थापन गरिरहेको, स्वास्थय संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामग्रि बितरण गरेको जानकारी गराउँदै नगरप्रमुख बोहराले थप ब्यावस्थापनका लागि स्थानीय तहलाई संघिय सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

नगरप्रमुख बोहरासंग प्रत्यक्ष कुराकानी गर्दै मन्त्रि त्रिपाठीले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । हाललाई स्थानीय तहको श्रोतसाधन प्रयोग गरेर कोरोना बिरुद्ध काम गर्न आग्रह गर्दै मन्त्रि त्रिपाठीले संघिय सरकार निरन्तर समन्वयमा रहने र आवश्यक सहयोग गरिने बताउनुभयो ।

भिडियो कन्फ्रेन्समा अछामको मंगलसेन नगरपालिका सहित सुदूरपश्चिमका बडिमालिका नगरपालिका, पाटन नगरपालिका र गोदावरि नगरपालिका गरि ४ स्थानीय तहका प्रमुखले प्रत्यक्ष कुराकानी गरेका थिए ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker