रामारोशन र पञ्चदेवलले गरे घरेलु मदिराबारे कडा निर्णय

पन्चदेवल बिनायक नगरपालिका र रामारोशन गाउँपालिकाको प्रतिनिधिमुलक बैठकले घरेलु मदिराका बिषयमा कडा निर्णय गरेको छ ।

पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का काबा अध्यक्ष पदम बहादुर शाही र रामारोशन गाउपालिका ३ का का बा अध्यक्ष सुर्य प्रसाद न्यौपानेको सहभागितामा कालापानीमा सम्पन्न बैठकले घरेलु मदिरा उत्पादन र ओसार पसार गर्नेलाई क्वारेन्टाइन मा राख्ने निर्णय गरेको हो ।

मदिरा ओसारपसारमा अन्तर पालिकाको आवतजावत नरोकिएको भन्दै यस्तो निर्णय भएको हो ।

बैठकमा ईलाका प्रहरी कार्यालय बिनायक का प्रमुख प्रहरी नायब निरिक्षक वीर बहादुर भुल, नेकपा पन्चदेवल बिनायक नगरपालिका २ का अध्यक्ष कृपा बहादुर धामी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker