Techie IT

नमुनाको रिपोर्ट आईतवारसम्म आईसक्ने सिडियो पौडेल


अछाम जिल्लाबाट कोरोना जाँचका लागी सँकलन गरि काठ्माण्डौ लगीएको नमुना स्वावको रिपोर्ट शनिवारसम्म आईपुग्ने अपेक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले सँकलन गरि काठ्माण्डौ लगीएको नमुनाको रिपोर्ट सम्भावतः शुक्रवार रातीसम्म आईपुग्ने नभए शनिवार साँझसम्म आईपुग्ने अपेक्षा गर्नु भएको हो ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाबाट सँकलीत नमुनाको रिपोर्ट जाँचका बिषयमा आवश्यक पहल भईरहेको बताउनुभयो ।

जिल्लाका १० वटै स्थानीय तहबाट कोरोना जाँचका लागी २ सय २६ जनाको कोरोना जाँचका लागी स्वाव संकलन गरि काठ्माण्डौ लगीएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस