Techie IT

जनप्रतिनिधिको आडमा कालोबजारी गर्न पाईदैन : वडा अध्यक्ष शेट्टि (कुराकानी सहित)


बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ का अध्यक्ष कुल बहादुर शेट्टीले कालोबजारी गर्नेलाई छोड्न नहुनेमा जोड दिनु भएको छ ।

रेडियो बान्निगढीको कोरना बिशेष अपडेमा कुरा गर्दै उहाँले कालोबजारी गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्नेमा जोड दिनु भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकामा मापदण्ड बिपरित व्यापारी कारोवार तथा कालोबजारी भईरहेको भन्ने गुनासोका आधारमा जयगढमा शुक्रवार जिल्ला प्रशासनको टोलीले अनुमगन गरेको छ ।

अनुगमनका क्रममा जयगढ बजार स्थित बर्दादेवी सप्लायर्सबाट रिचार्ज कार्ड निर्धारित भन्दा बढि मुल्यमा बिक्रि बितरण भईरहेको पाईएको वडा अध्यक्ष शेट्टिले बताउनुभयो ।

यस अघि रिचार्ज कार्डको थोक कारोवारमा २ देखी ३ प्रतिशत छुट दिएर बिक्रि बितरण गर्दै आएको बर्दादेवी सप्लायर्सले लगडाउनको अवधिमा कुनै पनि छुट बिना नै रिचार्ज कार्ड बिक्रि बितरण गरेको खुलेको हो ।

लाखौँको रिचार्ज कार्ड खरिद गर्दा तथा बिक्रि बितरण गर्दा आवश्यक पर्ने बिल समेत लिने दिने नगरी नै कारोवार गर्ने गरेको खुलेको छ । वडा अध्यक्ष शेट्टिले गाउँपालिकाको मुख्य व्यापारी केन्द्र जयगढ बजारमै कालोबजारी हुने गरेको खुलेको बताउदै यस तर्फ आफु गम्भिर बनेको बताउनुभयो ।

गाउँपालिका सरकारको बागडोर सम्हालेका व्यक्ति तथा उनीहरुका निकटहरुले नै कालोबजारी गरेको पाईएको सन्दर्भमा वडा अध्यक्ष शेट्टिले जनप्रतिनिधिका आडमा कुनै पनि व्यक्तिले कालोबजारी गर्ने छुट नहुने उल्लेख गर्नुभयो ।

कालोबजारीमा जनप्रतिनिधि तथा उनीहरुका निकटतमहरु नै सँलग्न हुनुले जनप्रतिनिधिको बदनाम हुने वडा अध्यक्ष शेट्टिको भनाई छ ।

जयगढ बजारका केही ब्यापारीहरु जनप्रतिनिधीको आडमा कालोबजारीमा सक्रिय देखिएको समेत शेट्टीले उल्लेख गर्नुभयो । उहाँले गाँउपालिकाका सम्पुर्ण जनप्रतिनिधीहरुले कालोबजारीलाई निष्तेज पार्नेमा सक्रिय हुनुपर्नेमा समेत जोड दिनुभयो ।

वडाध्यक्ष शेट्टीले जिल्ला प्रशासन कार्यालयको आयोजनामा आज गरिएको जयगढ बजार अनुगमनमा केही ब्यारीहरुले सरकारको नियम बिपरित नेपाल टेलिकमका रिचार्ज कार्डहरु बिक्रिबितरण गरिएको भेटीएको र उनिहरुलाई कार्वाहीको प्रकृया समेत अगाडी बढाईएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष शेट्टिसँगको कुराकानी


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस