जनप्रतिनिधि नै कालोबजारीमा संलग्न भएको भए पनि छोडिन्न : उपाध्यक्ष साउँद (कुराकानी सहित )

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले कालोबजारीमा जनप्रतिनिधि नै संलग्न भए पनि कानुनी कार्वाहिको दायरामा ल्याईने बताउनु भएको छ ।

रेडियो बान्नीगढीको कोरोना अप्डेटमा कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष साउँदले बान्नीगढी जयगढ गाउँपालिकामा कालोबजारीमा गाउँपालिकाका जनप्रतिनिधि नै संलग्न भएको पाईए उनीहरुलाई पनि कानुनी कार्वाहिको दायरामा ल्याईने बताउनु भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकामा जनप्रतिनिधि र उनीहरुका निकटका व्यक्तिहरुबाट तथा अन्य व्यापारीहरुबाट मदिरा ओसार पसार , खाद्यान्न,रिचार्ज कार्ड लगायतका सामाग्रीहरुको कालोबजारी भईरहेको आम नागरिकबाट गुनासो आएसँगै शुक्रवार जयगढ बजारमा अनुगमन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले जयगढ बजारमा कालोबजारी भईरहेका बिषयमा अनुगमन गर्दा रिचार्ज कार्ड निर्धारित मुल्य भन्दा बढि मुल्यमा बिक्रि बितरण भईरहेको तथा बिल बिना नै थोक रुपमा रिचार्ज बिक्रि तथा खरिद भएको पाईएको बताएको थियो ।

अनुगमनमा संलग्न रहनु भएका बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष कुल बहादुर शेट्टिले जयगढ बजारमा रहेको बर्दादेवी सप्लायर्सले बिल बिना नै लाखौँका रिचार्ज खरिद तथा बिक्रि बितरण गरेको पाईएको बिषयमा आफुलाई अनुगमन समितिले जानकारी गराएको रेडियो बान्नीगढीलाई बताएका थिए ।

यता बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले भने गाउँपालिकामा कालोबजारी भईरहेका बिषयमा जिल्ला प्रशासनको टोली जाँचा बुझ गरे पश्चात आवश्यक अनुसन्धान गरिरहेको बताउनु भएको छ ।

यसै बिच उपाध्यक्ष साउँदले बान्नीगढी जयगढ गाउँपालिकाले पालिकाका अति बिपन्न तथा गरिव असायहरुलाई १० केजी चामल सहित आवश्यक खाद्यान्न बितरण गर्ने बताउनुभयो ।

शनिवार सम्पन्न निर्देशक समिति तथा कार्यपालिका बैठकले लगडाउनको अवधिमा दैनीक ज्यालादारी गरेर जिविका चलाउने तथा मारमा परेकाहरुलाई राहात स्वरुप खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको छ ।

यस्तै लगडाउनको अवधीमा गाउँपालिकामा गाउँपालिकाका नागरीकहरुलाई खाद्यान्न सामाग्रीको अभाव हुन नदिन त्यसको उचित व्यवस्थापन गर्ने, गाउँपालिकाका सवै वडाहरुमा क्वारेन्टाईन निर्माण गर्ने लगायतका निर्णय गरेको बताईएको छ ।

कुराकानी :

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker