चौरपाटी गाउँपालिकाद्धारा भारत लगायत जिल्ला बाहिर रहेको ब्यक्तिको तथ्याङ्क सार्वजनिक

कालु बोहरा चैत्र ३०,अछाम

चौरपाटी गाउँपालिकाले आफ्ना भारत लगायत अन्य मुलुकमा रहेको ब्यक्तिको तथ्याङ्क सार्वजनिक गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (भाइरस कोभिड १९)को उच्च जोखिमलाई न्यूनिकरण गर्न गाउँपालिकाका सात वटै वडामा गरेको तथ्याङ्कका आधारमा गाउँपालिका लगायत वाहिर जिल्ला तथा भारत लगायतअन्य मुलुकमा कामको शिलशिलामा वाहिर गएको ब्यक्तिको तथ्याङ्क सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनु भयो ।

गाउँपालिकाका सात वटै वडामा चैत्र २३ देखि २५ गते सम्म संकलन गरेको तथ्याङ्क अनुसार ४९६९ घर दुरीका २७९३ महिला र ५४२५ पुरुष गरी ८२१८ ब्यक्ति भारतमा रहेको आईतबार तथ्याङ्क सार्वजनिक गरेको छ । यस्तै २ महिला र ६५ जना पुरुष गरी ६७ जना कामको शिलसिलामा अन्य मुलुकमा, ७४८ महिला, १०५२ पूरुष गरी १८ सय नेपालका अन्य जिल्ला वाहिर रहेको गाउँपालिका अध्यक्ष्ँ साउदले जानकारी दिनु भयो ।

गाउँपालिकाका जम्मा ३२३३१ जनसंख्याा रहेकोमा हाल पालिकाका सात वटै वडामा १२३१७ महिला र ७८७४ पुरुष गरी २०१९१ जनसंख्या मात्र पालिकामा रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगानाले जानकारी दिनुभयो ।

हाल पालिका वाहिर १२१४० जना जिल्ला वाहिर रहेकाले लगडाउन खुल्ने वित्तिकै घर फर्किन सक्ने भन्दै पालिकाका सात वटै वडामा क्वारेन्ट टाईन स्थापना गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जैशी ढुंगानाले बताउनु भयो ।

लग डाउनको समयमा स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रणका प्रयासका लागि बनाएका नियम पालन गर्न सम्पूर्ण गाउँपालिका वासिमा पालिकाले अनुरोध गरेको छ ।

यस्तै भारत लगायत देश विदेशमा रहेका आम नागरिकमा कारोना भाइरस (कोभिड १९) बाट सुरक्षित बच्नका लागि घर भित्रै सुरक्षित तरिकाले बस्न, ब्यक्ति ब्यक्तिको दुरी कायम राख्न, घर बाहिर जानै परे पनि मास्कको प्रयोग गर्न तथा खाना खानु अघि सावुन पानीले मिचिमिचि हात धौएर खान गाउँपालिकाले सम्पूर्ण नागरिकमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker