Techie IT

क्वारेन्टाईनमा बसेका ५३ जनाको विदाई


होम साउद,अछाम ३० चैत

जिल्लाको मंगलसेन नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बसेकाहरुको बिदाई गरिएको छ ।

भारतबाट आएर चैत १२ गतेदेखी सदरमुकाम स्थित क्वारेन्टाईनमा बसेका ५३ जनालाई घर पठाईएको हो ।

भारतका बिभिन्न सहरहरुबाट कैलालीको गौरिफन्टा नाका हुदै आएर क्वारेन्टाईनमा बसेकाहरुलाई सम्वन्धित स्थानीय तहले आ–आफ्नो पालिकाबाट गाडि पठाएर सुरक्षीत रुपमा घर पठाएका जनाईएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुले कोरोना भाईरस रोकथामका लागि सरकारले बनाएको न्यूनतम मापदण्ड पुरा गरेको र कोरोना जाँचका लागि लिईएको स्वावको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।

क्वारेन्टाईनमा बसेकाहरुलाई खादा ओढाएर प्रमाणपत्र सहित स–सम्मान बिदाई गरिएको जनाईएको छ ।

क्वारेन्टाईनको ब्यावस्थापन राम्रो रहेको र आफुहरुमा पनि कोरोना छैन भन्ने प्रमाणित भएको भन्दै उनीहरु खुसी ब्यक्त गर्दै घर गएका छन ।

क्वारेन्टाईन्मा बसेकाहरुलाई आ–आफ्नो गाउँमा गएर सरकारले गरेको लकडाउनलाई पालना गर्न र सरकारको अभियानलाई सघाउन आग्रह गरिएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुलाई जिल्ला समन्वय समित प्रमुख नरबहादुर कुवर, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतका ब्याक्तिहरुले बिदाई गर्दै गाउँमा गएर पनि कोरोना भाईरस बिरुद्ध सचेतना फैलाउन र कोरोना बिरुद्धको विश्वब्यापि लडाईलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

मंगलसेन नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा जिल्लाका बिभिन्न ८ स्थानीय तहका ३ बालवालिका सहित ४१ पुरुष र १२ महिला गरि ५३ जना बसेका थिए । उनीहरुलाई नगरपालिकाले खाना, नास्ता, सरसफाई सामग्रि सहित हरेक दिन स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क समेत स्थापना गरेको थियो ।

यो अवधिभर क्वारेन्टाईनमा बसेकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नआएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मानबहादुर सोडारीले जानकारी दिनुभयो ।

मंगलसेन नगरपालिकाले फागुन १५ गतेदेखी यता भारत लगायत तेस्रो मुलुकबाट आएका ६२२ जनाको तथ्यंक संकलन गरि वडा अध्यक्षको निगरानीमा राखिएको नगरपालिकाका सूचना अधिकारी खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस