जनताका सुख दुःखमा नेकपा साथमा छ : नेकपा नेता भण्डारी (कुराकानी सहित)

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज शरदसिंह भण्डारीले संसार त्राहीमाम भईरहेकोे संकटको घडीमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जनताकै साथमा रहेको दाबी गर्नुभएको छ ।

रेडियो बान्निगढीको कोरोना बिशेष अपडेटमा कुराकानि गर्दै भण्डारीले अहिलेको बिषम परिस्थितीमा पनि नेकपा जनताको साथमा रहेको दाबी गर्नुभएको हो ।

जनताका हरेक सुख दुःखमा साथ दिदै आएको नेकपाले अहिलेको संकटको घडिमा पनि जनताको आत्माबल बढाउन तथा कोरोना नियन्त्रणका लागी आवश्यक क्रियाकलाप गरिरहेको उहाको भनाई छ ।

भण्डारीले अहिलेको महाँसंकटको घडिमा सरकारले निर्धारण गरेका मापदण्डभित्र बसिदिन आम नागरीकहरुमा आग्रह समेत गर्नुभयो ।

बिश्वमा माहामारीको रुपमा फैलीएको कोरोनाको नियन्त्रणका लागी सरकारले आवश्यक क्रियाकलापमा तिव्रता दिएको बताउदै नेता भण्डारीले कोरोना नियन्त्रणका लागी सरकारले जारी गरेका निर्देशन तथा आग्रह पालना गर्नु नागरिकको कर्तब्य हुने पनि उल्लेख गर्नुभयो ।

भण्डारीले कोरोनासंग आत्माबल नै घट्ने गरेर त्रसित हुन नहुने उल्लेख गर्दै यसवाट जोगीन उच्च सावधानी भने अपानाई रहन जिल्लाबासी सवैमा आग्रह गर्नुभएको छ ।

बिश्वभर माहामारीका फैलिरहेको कोरोना माहामारीको संक्रमण जिल्लामा फैलिन नदिन तथा यो संकटको घडिमा जनतालाई आईपर्ने सम्पुर्ण समस्या समाधान गर्न पार्टीबाट निर्वाचित संघिय तथा प्रदेश सांसदहरुसंग आफ्नो समन्वय भईरहेको पनि भण्डारीले उल्लेख गर्नुभयो ।

कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker