बान्नीगढीका जनप्रतिनिधि नै बिकृतिजन्य कृयाकलापमा संलग्न : समाजसेवी खत्री (कुराकानी सहित)

जिल्ला बिकास समिती अछामका पुर्ब सदस्य तथा समाजसेबि तिलक खत्रिले बान्निगढी जयगढ गाँउपालिका जनप्रतिनिधीहरु कोरोना नियन्त्रणमा महत्वका साथ नलागेको बताउनु भएको छ ।

रेडियो बान्निगढीको कोरोना बिशेष अपडेटमा कुराकानि गर्दै समाजसेबि खत्रिले सो उल्लेख गर्नुभएको हो ।

खत्रिले अहिलेको माहाँसंकटको बेला बान्निगढी जयगढ गाँउपालिकाका जनप्रतिनिधीहरु संकट टार्न सक्रियताका साथ नलागेर झारो टार्ने काममा लागेको उल्लेख गर्नुभयो ।

उहाँले केही जनप्रतिनिधीहरु त आफै बिकृतिजन्य कृयाकलापमा संलग्न रहेको समेत दाबी गर्नुभयो ।

गाँउपालिकाबासी जनतालाई सहानुभुति दिने तथा आत्माबल बढाउनुपर्ने यो भयाबह स्थितीमा जनताका प्रतिनिधीहरु नै बिभीन्न बिकृतिजन्य कृयाकलापमा संलग्न देखिनु निकै दुखद तथा लज्जास्पद भएको उहाँले उल्लेख गर्नुभयो ।

खत्रिले संसार त्राहीमाम भईरहेको कोरोना भाईरसबाट बच्न जनताले पनि बिशेष ध्यान दिनु पर्ने बताउनुभयो ।

अहिले सरकारले गरेका कोरोना लक्षित हरेक निर्णयहरु जनताकै हितमा भएकाले ति निर्णयहरुको पालना गर्न पनि खत्रिले जनता समक्ष आग्रह गर्नुभयो ।

कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker