नागरीकको जीउ धनको रक्षाका लागी बिकासे बजेट खर्च गर्न तयार : अध्यक्ष साउँद (कुराकानी सहित )

चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले नागरीकहरुको जीउधनको रक्षाका लागी गाउँपालिकाको बिकासे बजेट खर्च गर्न पछि नहट्ने बताउनु भएको छ ।
कोरोना सँक्रमणबाट चौरपाटि गाउँपालिकाका नागरिकहरुलाई बचाउन पालिकाको बिकासे बजेट समेत खर्च गर्ने अध्यक्ष साउँदले बताउनु भएको हो ।
रेडियो बान्नीगढीको कोरोना अपडेटमा कुराकानी गर्दै अध्यक्ष साउँदले कोरोनाको सँक्रमणबाट बचाउन तथा नागरीकको जीउ धनको रक्षाका लागी गाउँपालिकाको बिकासे बजेट खर्च गर्न समेत पछि नहट्ने बताउनुभयो ।
चौरपाटि गाउँपालिकाले नेपाल बाहिर रहेका गाउँपालिकाका नागरीहरुको तथ्याँक सँकलन गरि सर्वाजनिक गरिसकेको छ ।
गाउँपालिकाले सात वटै वडामा चैत्र २३ देखि २५ गते सम्म संकलन गरेको तथ्याङ्क अनुसार ४ हजार ९ सय ६९ घरधुरीका २ हजार ७ सय ९३ महिला र ५ हजार ४ सय २५ पुरुष गरी ८ हजार २ सय १८ ब्यक्ती भारतमा रहेको तथ्याङ्क छ । भने यस्तै २ महिला र ६५ जना पुरुष गरी ६७ जना कामको शिलसिलामा भारत बाहेक अन्य मुलुकमा र ७सय४८ महिला, १हजार५२ पूरुष गरी १८ सय नेपालका अन्य जिल्ला वाहिर रहेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले बताउनुभयो ।
गाउँपालिकाका जम्मा ३२ हजार ३ सय ३१ जनसंख्या रहेकोमा हाल पालिकाका सात वटै वडामा १२ हजार ३ सय १७ महिला र ७ हजार ८ सय ७४ पुरुष गरी २० हजार १ सय ९१ जनसंख्या मात्र पालिकामा रहेका छन ।
गाउँपालिका अध्यक्ष साउँदले भारतमा रहेका चौरपाटि गाउँपालिकाका एक परिवारमा कोरोना सँक्रमण रहेको बताउदै उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
देश बाहिर रहेका गाउँपालिकाका नागरिकहरु संग प्रत्यक्ष सम्पर्क भईरहेको तथा कुनै नागरीकहरु समस्यामा परेमा उनीहरुको व्यवस्थापनका लागी आवश्यक सहकार्य तिव्र पारिएको अध्यक्ष साउँको भनाई छ ।
देशभित्र तथा देश बाहिर रहेका नागरीकहरु कोरोना सँक्रमणबाट पिडित भएमा तथा लगडाउनका कारण समस्यामा परेको खण्डमा उनीहरुको रक्षाका लागी गाउँपालिकाको बिकासे बजेट खर्च गर्न समेत आफु तयार रहेको अध्यक्ष साउँदले उल्लेख गर्नुयभयो ।
चौरपाटि गाउँपालिका छिमेकि जिल्लासँग सिमानाका जोडिएको भएका कारण चौखुट्टे सिमा नाका कडाई गरिएको उहाले बताउनु भएको छ ।
कुराकानी
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस