देशबाहिर रहेका आफ्ना नागरिकलाई समस्या पर्न नदिने अध्यक्ष बोहराको दावी (कुराकानी सहित)

मेल्लेख गाउँपालिकाले देश बाहिर तथा तेस्रोे मुलुकमा रहेका नागरीहरुको तथ्याँक सँकलन गरेको छ ।

गाउँपालिकाका के कति नागरीकहरु देश बाहिर छन र उनीहरुको अवस्था के कस्तो छ भन्नेबारे तथ्याँक सँकलन गरिएको हो ।

मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले गाउँपालिकाले सँकलन गरेको तथ्याँक बुधवारसम्म सार्वजनिक गरिने बताउनुभयो ।

रेडियो बान्नीगढीको कोरोना अपडेटमा कुराकानी गर्दै अध्यक्ष बोहराले मेल्लेख गाउँपालिकाका के कति नागरिकहरु देशबाहिर छन र उनीहरुको स्वास्थ्य लगायत अवस्था के कस्तो छ भन्नेबारे तथ्याँक सँकलन गरि सकेको उल्लेख गर्नु भएको हो ।

अध्यक्ष बोहराका अनुसार देश बाहिर तथा छिमेकि मुलुकमा कोरोनाका कारण कुनै पनि नागरिहरु समस्यामा परेका छन भने उनीहरुको उद्धारका लागी गाउँपालिकाले कुनै कसुर बाँकि राख्ने छैन ।

हाल भारत तथा तेस्रो मुलुकमा रहेका मेल्लेख गाउँपालिकाका नागरिहरुलाई मेल्लेख गाउँपालिका तथा अध्यक्ष बोहराले टेलीफोन सम्पर्क गरि उनीहरुको अवस्थाका बिषयमा जानकारी लिइरहनु भएको छ ।

भारत लगायत अन्य मुलुकमा रहेको नागरिकहरुसँग आफ्नो टेलीफोन सम्पर्क भईरहेको तथा उनीहरुको व्यवस्थापनका लागी पहल गरिएको गाउँपालिका अध्यक्ष बोहराले दावी गर्नुभयोे ।

भारतका बिभिन्न शहरमा लगडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको व्यवस्थापनका लागी सम्वन्धित निकाय तथा व्यक्तिहरु सम्पर्क तथा समन्वय गरिएको उहाको भनाई छ ।

लगडाउनका कारण आफ्ना कुनै पनि नागरिकहरुलाई समस्या पर्न नदिन तर्फ आफु अग्रसर रहेको अध्यक्ष बोहराले बताउनुभयो ।

यस्तै गाउँपालिकामा लगडाउनका कारण नागरिकहरुलाई खाद्यान्न लगायत दैनीक उपभोग्यका सामाग्रीको अभाव हुन नदिन गाउँपालिकाले नागरिकहरुको घरदैलोमै पुगेर सेवा दिईरहेको छ ।

धनगढीकै मुल्यमा नागरिहरुलाई चामल लगायतका खाद्यान्न लगायतका सामाग्री बितरणमा मेल्लेख गाउँपालिकाले तिव्रता दिएको छ ।

कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker