तिमिल्सैना समाज नेपालको भिडियो कन्फ्रेन्स सम्पन्न

तिमिल्सैना समाज नेपालको केन्द्रिय कार्य समिति पदाधिकारी र प्रदेश प्रमुख बिच भिडियो कन्फ्रेन्स गरिएको छ ।
बिश्वमा महामारीका रुपमा फैलिएको कोरोनाले पारेको प्रभाव न्युनिकरणका बिषयमा छलफल गर्न भिडियो कन्फ्रेन्स गरिएको हो ।
कोरोना नियन्त्रणका लागी देशलाई पुर्ण रुपमा लगडाउन गरिएको अवश्थामा देशभर रहेका तिमिल्सैना बन्धुहरुको आवस्था उनीहरुलाई कुनै समस्या परे नपरेको बिषयमा जानकारी लिन तथा राहातका लागी पहल गर्न भिडियो कन्फ्रेन्समा छलफल गरिएको छ ।
भिडियो कन्फ्रेन्समा सुदूरपश्चिममा रहेका तिमिल्सैना बन्धुहरुको हालको अवस्थाका बिषयमा प्रदेश संयोजक तिलक खत्री तिमिल्सैनाले जानकारी गराउनु भएको थियो ।
तिमिल्सैना समाज अछामका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक तिलक बहादुर खत्री तिमिल्सैनाले अछाम जिल्ला र सुदूरपश्चिममा रहेका तिमिल्सैना बन्धुहरुको अवस्थाका बिषयमा जानकारी गराउदै समस्यामा परेका बन्धुहरुको व्यवस्थापनका लागी केन्द्रिय समितिलाई जानकारी गराउनुभयो ।
तिमिल्सैना समाज नेपालका केन्द्रिय अध्यक्ष नवराज तिमिल्सैनाले देशभर छरिएर रहेका तिमिल्सैना बन्धुको अवस्था र लगडाउनका समयमा उनीहरुलाई समस्या परे नपरेको बारेमा प्रदेश प्रमुखहरुबाट जानकारी लिईएको बताउदै आवश्यकता अनुसार समस्यामा परेकाहरुको व्यवस्थापनका लागी केन्द्रिय समितिका तर्फबाट आवश्यक पहल गरिने बताउनु भएको छ ।
भिडियो कन्फ्रेन्समा समाजका ७ वटै प्रदेशका प्रदेश प्रमुख र केन्द्रिय पदाधीकारी बिच छलफल गरिएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस