लकडाउनका कारण अप्ठ्यारोमा परेका ९५ जनालाई राहत बितरण गर्ने मंगलसेन नपा १ काे निर्णय

मंगलसेन नगरपालिका वडानम्वर १ मा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
वडा अध्यक्ष गाेपाल थापाकाे अध्यक्षतामा भएको बैठकले काेराेना भाईरसका कारण सरकारले गरेकाे लकडाउनका कारण समस्यामा परेका ब्याक्तीहरुकाे तथ्यांक संकलन गरेकाे छ ।
सामाजिक दुरि कायम गर्दै सम्पन्न बैठकले वडाभित्रका गरिब बिपन्न ९५ घरपरिवारलाई नगरपालिकाकाे निर्देशन अनुसार राहत मापदण्डका अधारमा खाद्यान्न बितरण गर्ने निर्णय गरिएको छ ।
यस्तै बैठकले वडाकाे छुट्टै बिपत ब्यावस्थाप काेष निर्माण गर्ने निर्णय पनि गरेकाे छ ।
काेषमा तत्काल वडा अध्यक्ष गाेपाल थापाले १० हजार, वडा सदस्यहरु पूर्णबहादुर राना, तेजराज नाथ, गंगा थापा र राधिका जयगडिले ५/५ हजार जम्मा गर्ने निर्णय भएको छ ।
काेषमा नेकपा वडा कमिटी अध्यक्ष मिनराज नाथले ३ हजार र हाेम साउदले १ हजार १ सय जम्मा गरेका छन ।
वडाले स्थापना गरेकाे काेषमा अन्य ब्याक्तिहरुलाई पनि सहयोगका लागि वडाले अाग्रह गरेकाे छ ।
बैठकमा वडा सदस्यहरु सहित नेकपा नगर कमिटी सहईञ्चार्ज राम राज नाथ, वडा कमिटी अध्यक्ष मीन राज नाथ, सचिव कमल थापा, नेपाली काँग्रेस वडा सभापति टेकराज नाथ लगायत टाेलविकास समिति अध्यक्ष र सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस