Techie IT

अध्यक्ष खड्कालाई नैतिकताका आधारमा राजीनामा दिन नेकपाको माग


नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बान्नीगढी जयगढ गाउँपालिका सँगठन कमिटिले प्रेस बिज्ञप्ती जारि गर्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको राजीनामाको माग गरेको छ ।

नेकपा बान्नीगढी जयगढ गाउँपालिका सँगठन कमिटिले शनिवार एक बिज्ञप्ती जारि गर्दै नैतिकताका आधारमा गाउँपालिका अध्यक्ष खड्कालाई राजीनामा दिन माग गरेको हो ।

बान्नीगढी जयगढ गाउँपालिका सरकारका बिषयमा पार्टिका क्रियाशिल सदस्य जनक साउँदले सामाजीक संजालमा स्टाटस लेखेको बिषयमा गाउँपालिका अध्यक्ष खड्काले आफ्ना छोरालाई प्रयोग गरि पार्टिका सह ईन्चार्ज निर्मला साउँदको चरित्र हत्या गर्नुका साथै टेलीफोन मार्फत गाली गलौज गर्न लगाई पदको दुरुपयोग गरेको उल्लेख गर्दै नेकपा बान्नीगढीले गाउँपालिका अध्यक्ष खड्काको राजिनामाको माग गरेको छ ।

नेकपा बान्नीगढी संगठन कमिति ईन्चार्ज लोकेन्द्र साउँदद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ बान्नीगढी जयगढ गाउँपालिका सरकारका गतिविधि तथा क्रियाकलाप प्रति चाँसो व्यक्त गर्दै नेकपाका स्थानीय कार्यकर्ता जनक साउँदले स्टाटस लेखेकोमा गाउँपालिका अध्यक्षका छोराबाट दादागिरि शैलीमा सामाजीक संजालमा चरित्र हत्या गर्नु र टेलीफोन मार्फत गाली गलौज गर्नुले गाउँपालिका अध्यक्ष खड्का सरकारको गल्ती ढाकछोप गर्न आफ्ना छोरा तथा नातेदारलाई परिचालन गरेर दादगिरि गर्न सक्रिय रहेको पुष्टि भईसकेको छ ।

यसै बिच बिज्ञप्ती मार्फत नेकपाले पदको आडमा गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिका छोराबाट गैर जिम्मेवार हर्कत गरिनुले जनप्रतिनिधिको नैतीकतामाथी प्रश्न चिन्ह खडा भएको भन्दै सह ईन्चार्जमाथी गरिएको अभद्र व्यवहारको खेद प्रकट गरेको छ । कानुनको धज्जी उडाउदै अभद्र व्यवहार गर्ने निजलाई कडा कार्वाहि गर्न पनि माग गरिएको छ ।

नैतिकताका आधारमा गाउँपालिका अध्यक्ष खड्कालाई पदबाट राजीनामा दिन माग गर्दै बिज्ञप्तीमा भनिएको छ । गाउँपालिका सरकारका गलत क्रियाकलापका बारेमा बिरोध गर्नेहरुको मुख बन्द गराउन गाउँपालिका अध्यक्षले यस अघि पनि आफ्ना घर परिवार आफन्त मार्फत कहिले उधारो अशुलीको बाहानामा गाली बेईज्जत गर्ने , धम्काउने गरेको छर्लङगै छ । सरकारको आलोचना सहन गर्न नसकेर यस्ता अनैतिक क्रियाकलाप गराउन सक्रिय देखीएका गाउँपालिका अध्यक्षलाई नैतिकताका आधारमा पदबाट राजिनामा दिन माग गर्दछौ ।

यस्तै बिज्ञप्ती मार्फत नेकपाले नागरिकको वाक स्वतन्त्रताको धज्जी उडाउदै गरिने यस प्रकारका क्रियाकलापको बिरुद्ध निरन्तर लागी पर्ने प्रतिबद्धता जनाएको छ ।

बिज्ञप्ती


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!