लगडाउनले समस्यामा परेकालाई सम्पर्क गर्न वडा अध्यक्ष ठकुल्लाको आग्रह

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण ठकुल्लाले लगडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन घर भई हाल जिल्ला बाहिर तथा अन्य मुलुकमा कुनै समस्यामा परेको भए आफुलाई सम्पर्क गर्न वडा अध्यक्ष ठकुल्लााले आग्रह गर्नु भएको हो ।
कोरोना नियन्त्रणका लागी गरिएको लगडाउनको अवधिमा खाद्यान्न अभाव लगायत समस्यामा परेका आफ्ना वडाका नागरिकहरुको उद्धार तथा राहात गरिने वडा अध्यक्ष ठकुल्लाले बताउनुभयो ।
जिल्ला बाहिर पढाईको शिलशिलामा रहेका बिद्यार्थी र आम नागरिक कुनै पनि समस्यामा परेको भए आफुलाई सम्पर्क गर्न आग्रह गर्दै उहाले उनीहरुको व्यवस्थापनका लागी वडाका तर्फबाट आवश्यक पहल गरिने उल्लेख गर्नु भएको छ ।
आफ्ना वडाका नागरिकहरु जिल्ला बाहिर तथा अन्य मुलुकमा समस्यामा परेको भए तत्काल आफ्नो सम्पर्क नम्बर ९८५८४२०४४८ र ९८४८५२४६४१ मा तथा वडा कार्यालयमा सम्पर्क गर्न उहाले आग्रह गर्नुभयो ।
समस्यामा परेको बिषयमा जानकारी आउने बितिक्कै उनीहरुको व्यवस्थापन र राहातका लागी आवश्यक पहल गर्ने वडा अध्यक्ष ठकुल्लाले बताउनु भएको छ ।