Techie IT

रेडियो बान्नीगढीद्धारा एसईई तयारी बिशेष कक्षा प्रशारण


रेडियो बान्नीगढी एफ.एमले एसईई परिक्षा तयारी बिशेष रेडियो कार्यक्रम प्रशारण सुरु गरेको छ ।

एसईई परिक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुको सहजताका लागी रेडियो बान्नीगढीले रेडियो शिक्षक कार्यक्रम प्रशारण सुरु गरेको हो ।

रेडियो शिक्षक कार्यक्रम मार्फत रेडियोले दक्ष शिक्षक मार्फत गणीत,बिज्ञान र अंग्रेजी बिषयको ट्युसन कक्षा सँचालन गरेको छ ।

दैनीक रुपमा १ घण्टा प्रशारण हुने कार्यक्रममा बारै पिच्छे ३ वटा बिषयको ट्युसन कक्षा सँचालन गरिन्छ भने कार्यक्रम मार्फत बिद्यार्थीका जिज्ञासा समाधान गर्ने गरिएको छ ।

रेडियो शिक्षक सुनेर सहभागीता जनाउने बिद्यार्थीहरुको सहजताका लागी शिक्षकहरुले आफ्नो टेलीफोन मार्फत अन्य समयमा पनि बिद्यार्थीहरुको जिज्ञासाको समाधान गर्ने गरेका छन ।

कोरोनाका कारण अर्को मिति जारी नभए सम्मका लागी स्थगीत गरिएको एसईई परिक्षामा सहभागी हुने बिद्यार्थीहरुको परिक्षा तयारीमा थप सहज होस भन्ने उद्धेश्यले सेभ द चिल्डेन वाक नेपाल युवा शसक्तिकरण बुलगारी परियोजनाको आर्थिक सहयोगमा उत्पादित कार्यक्रम रेडियो बान्नीगढी एफ.एम ९३.४ मेगाहर्ज रेडियो जनप्रीय एफ.एम १०२.४ मेगाहर्ज र रेडियो अछाम ९४.८ मेगाहर्ज मार्फत प्रत्येक दिन साँझ ५ बजेदेखी ६ बजेसम्म प्रशारण तथा अन्य अतिरिक्त समयमा पुनः प्रशारण हुने गर्दछ ।

कार्यक्रमको सहजीकरण शिक्षक खगेन्द्र साउँदले गरिरहनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!