चौरपाटी गाउँकार्यपालिका बैठक सम्पन्न

चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको बैठक विभिन्न निर्णय सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि गरिएको प्रकृयाको अवस्थावारे समीक्षा तथा विश्लेषण गर्नुका साथै लक डाउनको पूर्ण पालन गर्ने गराउने निर्णय गरेको छ ।
यस्तै चौरपाटी गाउँपालिका स्थायी घर भई रोजगारीको शिलशिलामा भारतका विभित्र शहरमा गएका ९२ जना लक डाउनका कारण अति जोखिममा रहेको भनी खबर आएको हुदाँ सम्बन्धित ब्यक्तिलाई सहजपूर्ण वातारण सृजना गरि आवश्यक सहयोगका लागि नेपाल भारत प्रवाशी सँघ भारतमा रहेका नेपाली राजदुत समक्ष पहल गरिदिन सुदुरपश्चिम प्देश सरकार मार्फत सहयोग गरिदिन अनुरोध गर्ने लगायतका निर्णय गरेका छन ।