चौरपाटि गाउँपालिकामा अवैध मदिरा बरामद गरि नष्ट

चौरपाटी गाउँपालिका स्थित सिउडी प्रहरी चौकीले अवैध मदिरा नियन्त्रण कार्यलाई तिब्रता दिएको छ ।
शनिवार सिउडी प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले चौरपाटी गाउँपालिका वडा नं ४ पायलका स्थानिय ब्यापारी पुरन कुँवर र ध्वज बोहराको पसलबाट मदिरा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लक डाउनको समयमा पनि विना अनुमती पत्र लाइसेन्स नभएका ब्यापारीले मदिरा विक्रि गर्ने ब्यापारीबाट अबैध तिन क्वाटर खुकुरी रम नामक मदिरा र तिन वोत्तल वियर नियन्त्रणमा लिएको सिउडी प्रहरी चौकी प्रमुख जय सिहं भण्डारीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएको मदिरा आईतबार गाउँपालिका उपाध्यक्ष माया कुँवर, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी, वडा नं। ४ का अध्यक्ष हर्क लोहारको रोहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । अबैध रुपमा वेच्ने ब्यापारीलाई २५ सय का दरले जरिवाना गरि छोडिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस