बान्नीगढी गाउँपालिकाद्धारा राहात बितरण

बान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा मजदुर वर्गलाई राहत वितरण गरेको छ ।
गाउँपालिकाले वडाका विपन्न असहाय बर्ग तथा गाउँपालिकामा कामको शिलशिलामा रहेका मजदुरहरुलाई खाद्यान्न सामाग्री राहात स्वरुप बितरण्म गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकको निर्णय तथा मापदण्ड अनुसार १९७ जना स्थानीय र ६६ जना मजदुरलाई राहात बितरण गरिएको बताईएको छ ।
गाउापालिकाको वडा नम्बर २ गाँज्राका १९ घरधुरीका वडा नम्बर २ जनालीकोटका ७ घरधुरी,वडा नम्बर ३ बर्दादेवीका ४३ घरधुरी वडा नम्बर ४ तिमिल्सैनका १६ घरधुरी वडा नम्बर ५ कालिकाकामा ३५ घरधुरी र वडा नम्बर ६ दर्नाका ५५ जनाघरधुरीलाई गाउँपालिकामा मजदुरीको शिलशिलामा रहेको ६६ जनालाई २५ किलो चामल,२ किलो नुन,२ किलो दाल र २ पोका तेल बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी बसन्त रावलले जानकारी दिनुभयो ।
१९७ जना स्थानीय घरधुरी र ६६ जना मजदुरलाई राहात बितरण गर्ने निर्णय गरिएकोमा केहि व्यक्तिले राहात लिन बाँकि रहेको र उनीहरुलाई राहातका लागी सम्वन्धित वडा कार्यालय तथ गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
पहिलो चरणमा राहात पाएका तथा पाउन छुटेकाहरुलाई आवश्यकताका आधारमा पुनः राहात बितरण गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस