अछाममा कोरोना नियन्त्रणका लागी के छ रणनीती : डाक्टर बराल (कुराकानी सहित )

कोरोना नियन्त्रणका लागी अछाम आउनु भएका डाक्टर शरद चन्द्र बरालले कोरोना नियन्त्रणका लागी आफुहरु तत्पर रहेको बताउनु भएको छ ।

कोरोना नियन्त्रणका लागी स्वास्थ्यकर्मीको टोली अछाम आईसकेकाले आफुहरु उपचार तथा नियन्त्रणमा तत्पर रहेको बताउनु भएको हो ।

नेपाल सरकारले कोरोना नियन्त्रणका लागी सुदूरपश्चिममा स्वास्थ्यकर्मीको टोली परिचालन गरेसँगै अछाममा ६ जना डाक्टरको नेतृत्व गर्दै आउनु भएको डाक्टर बरालले आफ्नो टोलीले कोरोनाको अवस्था र अपनाउनुपर्ने रणनीतिका बिषयमा छलफल गरिरहेका बताउदै त्रशित नबन्न सवैमा आग्रह गर्नुभयो ।

जिल्लामा आवश्यकता अनुसार कोरोना नियन्त्रणका लागी जुनसुकै किसिमको कदम चाल्न आफुहरु तत्पर रहेको डाक्टर बरालले उल्लेख गर्नु भएको छ ।

जिल्लामा कोरोनाको सम्भावित जोखीम अपनाउनुपर्ने रणनिति लगयतका बिषयमा सम्वन्धि निकायहरुसंग छलफल गरि आवश्यक कदम चाल्ने तयारी भईरहेको डाक्टर बरालले बताउनुभयो ।

जिल्लामा कोरोना नियन्त्रणका लागी नागरिकहरुबाट सहयोग आवश्यक पर्ने भएकाले लग डाउनलाई पुर्ण रुपमा पालना गर्न तथा स्वास्थ्यकर्मीले गरेको आग्रहलाई स्विकार गर्न उहाले आम नागरिकहरुमा आग्रह समेत गर्नु भएको छ ।
कुराकानी सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker