Techie IT

मेल्लेख गाउँकार्यपालिकाको बैठक सम्पन्न – यस्ता छन निर्णय


मेल्लेख गाउँकार्यपालिकाको १३ औं आकस्मिक बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा सामाजिक दुरि कायम गर्दै कार्यपालिकाको बैठक सम्पन्न भएको हो ।

बैठकमा कोरोना नियन्त्रणका लागी गाउँपालिकाका तर्फबाट हाल सम्म गरिएका क्रियाकलापको समिक्षा गरिएको थियो भने अव सँचालन गरिने क्रियाकलापका बिषयमा कार्ययोजना बनाई अघि बढ्ने निर्णय गरिएको छ ।

बैठकले राहत बितरण कार्यबिधी २०७७ अनुमोदन गरेकोे छ । मेल्लेख गाउपालिकाबाट थप राहत बितरणका लागि मेल्लेख गाउपालिका अन्तरगतका वडा हरुले ३ दिन भित्र तथ्यांक संकलन गरि गाउपालिकामा पेश गर्न वडा लाई जिम्मा दिने,गाउपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकको चार दिन बराबरको पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने, कोरोना राहत कोषमा स्वच्छिक रुपमा खातामा रकम सहयोग गर्न आग्रह गर्ने लगायतका निर्णय पनि पारित गरेको छ ।

मेल्लेख गाउपालिकाका सिमा नाकालाई पुण रुपमा बन्द गर्ने, थप उच्च सतर्कता अपनाउने ठाटि र ऋषिदहका सिमा नाकालाई बिशेश प्रथामिकता दिदै प्रत्येक सिमा नाकामा १८ जना स्वयंसेवक खटाउने ,बिदेशमा रहि समस्यामा परेका नागरिक लाई आवश्यक सहयोगका लागि गाउपालिकाको तर्फबाट सहयोगका साथै संघीय सरकार र प्रदेश सरकारसंग सहयोगका लागि माग गर्ने र सबै नागरिकको सुरक्षा का लागि लकडाउनको पुर्ण रुपमा पालना पर्ने निर्णय गरेको छ ।

आकस्मिक बैठमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि सबै वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो भने बैठकको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिकमत बुढा ले गर्नु भएको थियोे ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस