अछाममा आरडिटि टेस्टमा १ जनामा एन्टिवडि पोजीटिभ

बान्नीगढी जयगढ गाउँपालिकामा आरडिटि टेस्टका क्रममा १ जनामा एन्टिवडि पोजीटिभ देखीएको छ ।

गाउँपालिकाका ७१ जनामा आरडिटि टेस्ट गरिएकोमा १ जनामा एन्टिबडि पोजीटिभ देखीएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले बान्नीगढी जयगढ गाउँपालिकाका ७१ जनामा आरडिटि टेस्ट गरिएको थियो ।

कालिका स्वास्थ्य चौकि कालिका र सरस्वती माद्यामिक बिद्यालय जयगढमा एन्टिबडि टेस्ट गरिएको हो ।

७१ जनामा आरडिटि परिक्षण गरिएकोमा १ जनामा एन्टिबडि पोजिटिभ देखीएको परिक्षण स्थलमा रहेको एक जनप्रतिनिधिले जानकारी दिनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकामा हालसालै जिल्ला बाहिरबाट आएका मध्य ८ जनालाई क्वारेन्टाईनमा राखीएको थियो ।

क्वारेन्टाईनमा राखीएका मध्य एन्टिवडि पोजीटिभ देखीएका उनलाई थप जाँचका लागी बयालपाटा अस्पतालमा राखीने भएको छ भने कोरोनाको सँक्रमण भए नभएकोबारे जाँच गर्न नमुना सँकलन गरि सेती प्रादेशिक प्रयोगशालामा पठाईने भएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

One Comment

  1. दुखद खवर!!
    कामना गराै बरदादेबि माताकाे कृपाले अर्काे रिपाट नेगटिभ देखियाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker