Techie IT

नेपालमा थप ८ जनामा कोरोना संक्रमित भेटिए ,संक्रमितको संख्या ४० पुग्यो


नेपालमा थप ८ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।

दिनेश खवरबाट


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस