कमलबजार १ मा व्यक्तिगत रुपमा ६३ परिवारलाई राहत वितरण

टेकराज भण्डारी, बैशाख, १० अछाम
अछामको कमलबजार नगरपालिका वडा नम्बर १ मुलीमा व्यक्तिगत रुपमा ६३ परिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ । काेराेना भाईरसका कारण थप समस्यामा परेका र न्यून अायश्राेत भएका व्यक्तिहरूलाई सामाजिक दूरी कायम राख्दै प्रहरी तथा सराेकारवालाकाे राेहबरमा राहत सामग्री वितरण गरिएको हाे ।
कमलबजार १ मुली घर भई कमलबजारमा व्यापार गर्दै अाउनु भएका ढकाल जनरल स्टाेरका सञ्चालक चेतराज ढकालले व्यक्तिगत रुपमा प्रति परिवार १० केजीका दरले ६ सय ३० केजी चामल, प्रति परिवार १ पाेका तेल र एक पाेका नून वितरण गर्नुभएको हाे । काेराेना संक्रमण र लकडाउनका कारण समस्या परेका परिवारलाई राहत हाेस् भनेर अाफ्नाे तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गरेकाे सञ्चालक ढकालले बताउनु भयाे
६३ परिवारका २०१ जनसंख्याका लागि राहत सामग्री वितरण गरिएकाे प्रगतिशिल लेखक संघ अछामका सचिव पुष्पराज सञ्यालले जानकारी दिनुभयो ।
कमलबजार १ मुलीका फुर्केसल्ला,बडरुख, साञ्झिगाउँ, खिरचाैका लगायतका टाेलमा राहत सामग्री वितरण गरिएको हाे । लकडाउन तथा समस्या परेकाे बेला राहत सामग्री पाउँदा खुसी लागेकाे राहत पाएकाहरुले बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस