राहात बितरण बिवादबारे उपाध्यक्ष साउँद यसो भन्छन (कुराकानी सहित )

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले काठमाण्डौ बाहेकका शहरहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई पनि राहात बितरण गरिने बताउनु भएको छ ।

काठमाण्डौ बाहेक अन्य जिल्लाहरुमा पढाई तथा रोजगारीको शिलशिलामा रहेका गाउँपालिकाका बिद्यार्थी तथा नागरिकहरुलाई आवश्यकताका आधारमा राहात बितरण गरिने उहाले बताउनु भएको हो ।

उपाध्यक्ष साउँदका अनुसार सँख्यात्मक हिसावले पनि गाउँपालिकाका बिद्यार्थीहरु काठमाण्डौमा अध्ययनरत रहेका कारण पहिलो चरणमा काठमाण्डौँमा राहात बितरण गरिएको छ ।

काठमाण्डौ अध्ययनरत बिद्यार्थीहरुलाई मात्र राहात बितरण गर्ने निर्णयप्रति गुनासो आएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै उपाध्यक्ष साउदले अन्य जिल्लामा अध्ययनरत बिद्यार्थीहरुको अवस्था र आवश्यकता हेरेर राहात बितरण गरिने उल्लेख गर्नु भयो ।

राहात आफैमा बिवादित बिषय रहेको र राहात बितरण हतारका बिचमा गर्नुपर्ने बाध्यता रहकाले आवश्यक तथा समस्यामा परेकाहरुले मात्र राहात लिनुपर्नेमा उहाले जोड दिनु भएको छ ।

कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker