मंगलसेन नगरपालिकालाई राष्ट्रिय बाँणिज्य बैंकद्वारा ३१ हजार ८ सय सहयोग

राष्ट्रिय बाँणिज्य बैंक मंगलसेन शाखाले मंगलसेन नगरपालिकालाई ३१ हजार ८ सय बराबरको चेक हस्तान्तरण गरेको छ ।

कोरोना भाईरस संक्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि मंगलसेन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा बैंकले उक्त रकम योगदान गरेको हो । नगरपालिकामा पुगेर बैंकका शाखा प्रबन्धक धन बहादुर रावल सहित कर्मचारीको टिमले नगरप्रमुख पदमबहादुर बोहरालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना संक्रमणको विश्वब्यापि महामारीको बेला संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले कोषम रकम जम्मा गरेको जनाईएको छ । चेक हस्तान्तरण कार्यक्रम पश्चात् बोल्दै नगरप्रमुख बोहराले नगरपालिकाले कोरोना संकटको सामना गर्न स्थापना गरेको कोषमा बैंकले रकम जम्मा गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

नगरप्रमुख बोहराले यो सहयोग सबै सहयोगी हातहरु अगाडि बढाएमा संकटको सामना गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो । बैंकले गरेको सहयोग नगरपालिकाका लागि धेरै ठुलो भएको भन्दै उहाले उक्त कोषमा सक्दो सहयोग जम्मा गरिदिन अन्य बित्तिय संस्था र सरोकारवाला निकायलाई पनि आग्रह गर्नुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, योजना अधिकृत तथा सूचना अधिकारी खकेन्द्रबहादुर सोडारि, लेखा अधिकृत बिष्णुप्रसाद उपाध्याय लगायत नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको सहभागीता रहेको नगरपालिकाका एमआईएस अपरेटर होम बहादुर साउदले जानकारि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker