प्रोत्साहन भत्तासंगै स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्छ : वडा अध्यक्ष ठकुल्ला

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष कर्ण ठकुल्लाले कोरोना नियन्त्रण अभियानमा स्वास्थ्यकर्मीले खेल्दै आएको भुमिकाको प्रशँसा गर्नु भएको छ ।

जिल्लामा कोरोना नियन्त्रणका लागी स्वास्थ्यकर्मीले खेलेको भुमिका अतुलनिय रहेको बताउदै उहाले स्वास्थ्यकर्मीको प्रशँसा गर्नु भएको हो ।

रेडियो बान्नीगढीसँगको कुराकानीका क्रममा वडा अध्यक्ष ठकुल्लाले बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रणका लागी स्वास्थ्यकर्मीले जोखीम मोलेर दिन रात नभनि सक्रिय भुमिका निर्वाह गरेको बताउनुभयो ।

आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीको अभावका बिच स्वास्थ्यकर्मीले कोरोना नियन्त्रणमा गरेको योगदानको उचित मुल्याँकन गरिनु पर्नेमा वडा अध्यक्ष ठकुल्लाले जोड दिनु भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रण अभियानमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भक्ता सहित सम्मान गर्न पनि वडा अध्यक्ष ठकुल्लााले ध्यानाकर्षण गराउनुभयो ।

कोरोना नियन्त्रणका गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयमसेविकाले अतुलनिय योगदान पुर्याएको उहाको भनाई छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker