Techie IT

मनकारी वडा सदस्य बिष्टले गरे व्यत्तिगत लगानीमा राहात बितरण


कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनका वडा सदस्य निर्मल बिष्ट (नृप)ले व्यत्तिगत रुपमा रहात बितरण गरेका छन ।

वडा सदस्य बिष्टले आफ्नो व्यत्तिगत लगानीमा वडामा नुन,सावुन र रिचार्ज बितरण गरेका हुन ।

वडाका ५ सय जनालाई प्रत्येक व्यत्तिलाई १ पोका नुन र १ चक्की सावुन बितरण रयस्तै कमलबजार नगरपालिका घर भई हाल जिल्ला बाहिर अध्ययनको शिलशिलामा रहेका २० जना बिद्यार्थीलाई रु १०० का दरले रिचार्ज समेत बितरण गरिएको छ ।

वडा सदस्य बिष्टले वडाका नागरिकको घरदैलोमै पुगेर राहात बितरण गरेका थिए । कोरोनाको सँक्रमण फैलिन नदिन लडगाउन गरिएका बेला नागरिकहरुलाई राहात स्वरुप नुन, सावुन र रिचार्ज कार्ड बितरण गरेको सदस्य बिष्टले बताएका छन ।

बिशुद्ध सेवाका रुपमा आफुले राहात बितरण गरेको बताउदै वडा सदस्य बिष्टले लगडाउनलाई पुर्ण रुपमा पालना गरि कोरोनाबाट बच्न तथा बचाउन सवैमा आग्रह गरेका छन ।

वडा सदस्य रहेका बिष्ट अन्य साहित्यीक तथा सामाजीक कार्यमा अग्रसर रहदै आएका छन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस