अछाममा चट्याङ ,१ जनाको मृत्यु

मेल्लेख गाँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेल्लेख गाँपालिका वडा नम्बर ३ ठाँटी बगुडाका जनक शाहका २५ वर्षका श्रीमती अनिता देवी शाहा रहेका गाँउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनुभयो ।
चट्याङ लागेर सोहि ठाँउका उपेन्द्र शाहका ३५ बर्षका श्रीमती सिता देवि शाह र ३ बर्षका छोरी कल्पना शाहा घाईते भएका छन ।
घाईते सिता देवि शाहको खुट्टामा र उहाँकी छोरी कल्पना शाहा सरिरमा सामान्य चोट लागेको उहाँले बताउनु भयो । चट्याङ आज दिउसो परेको हो ।
घाईते दुबै जनाको अवस्था अहिले सामान्य रहेको बोहराले जानकारी दिनुभयो ।