Techie IT

समस्यामा परेकाको व्यवस्थापनमा सक्रिय बन्दै उपाध्यक्ष साउँद


बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले लग डाउनका कारण समस्यामा परेका गाउँपालिकाका नागरिकहरुको व्यवस्थापनमा सक्रियता देखाउनु भएको छ ।

कोरोना नियन्त्रणका लागी नेपाललाई पुर्ण रुपमा लगडाउन गरिएको अवस्थामा जिल्ला बाहिर समस्यामा परेका गाउँपालिकाका नागरिकहरुलाई राहात उपलव्ध गराउन तथा उनीरुको उद्धार गर्नका लागी उपाध्यक्ष साउँदले सक्रियता देखाउनु भएको हो ।

केहि दिन अगाडि मात्र बान्नीगढी जयगढ गाउँपालिकाले काठमाण्डौमा अध्ययन तथा बिभिन्न कामको शिलशिलामा रहेका बान्नीगढी गाउँपालिकाका नागरिकहरुलाई काठमाण्डौमै राहात बितरण गरेको थियो ।

काठमाण्डौमा रहेका आफ्ना नागरिकहरुलाई मात्र राहात बितरण गरिएको बिषयमा आलोचना सँगै अन्य जिल्लामा रहेका आफ्ना नागरिकहरुलाई पनि राहातको व्यवस्था गर्नुपर्ने आवाज उठेपछि बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँदले सामाजीक सँजाल मार्फत काठमाण्डौ बाहेक अन्य जिल्लामा रहेका नागरिकहरुलाई पनि राहात बितरण गर्न तयार रहेको जानकारी गराउनु भएको छ ।

सामाजीक सँजाल फेसवुकमा स्टाटस राख्दै गाउँपालिका उपाध्यक्ष साउँदले अन्य जिल्लामा लग डाउनका कारण समस्यामा परेकाहरुलाई पनि राहात बितरणको तयारी भईरहेको व्यहोरा जानकारी गराउदै गाउँपालिका कार्यालय तथा आफुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।

उपाध्यक्ष साउँदले सामाजीक सँजालमा राख्नु भएको स्टाटस :-


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस