राहात र कोरोना नियन्त्रणमा किन बिवादित बन्दैछ पञ्चदेवल नगरपालिका ? (कुराकानी सहित)

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडामा विपन्न परिवारलाई राहात बितरणका क्रममा म्याद गुज्रेका खाने तेल बितरण गरिएको बारे बिभिन्न समाचार सार्वजनिक भए ।
शनिवार वडामा रहेका बिपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न लगायत सामाग्री बितरण गरिएको थियो । वडाका बिपन्न नागरिकहरुलाई राहात स्वरुप खाद्यान्न सामाग्रीसँगै खाने तेल बितरण गरिएको थियो ।
बितरण गरिएको तेल मध्य केहि डिव्वा तेलहरु म्याद गुज्रेका भेटिएसँगै राहातका नाममा म्याद गुज्रेका सामाग्री बितरण गरेका भन्दै सार्वजनिक रुपमा आलोचना हुन थालेपछि यस बिषयमा रेडियो बान्नीगढीले बास्तविकताको खोजी सुरु गर्यो ।
राहातका नाममा म्याद गुज्रेका सामान बितरण किन गरिएको भन्ने प्रश्नको जवाफ दिदै वडा अध्यक्ष राम बहादुर शाहले नियतबस यस्तो काम नगरिएको दावी गर्नु भएको छ ।
वडा अध्यक्ष शाहका अनुसार कालेकाँडा सँगै जोडिएको दैलेखको खिडकी ज्युला बजारको एक पसलबाट राहातका लागी आवश्यक सामाग्री खरिद गरिएको थियो । खाद्यान्न सँगै तेल खरिद गर्ने क्रममा व्यापारीले स्टक गरेर राखेका म्याद गुज्रेका खाने तेलका डिव्वाहरु व्यापारिको छोरीले थाहा नपाई वडा कार्यालयर्ला बिक्रि गरेकि थिईन ।
वडाका जनप्रतिनिधि, राजनितिज्ञ, प्रहरी र कर्मचारीको रोहवरमै सामान खरिद गरि बितरण गरिएकोले जानजान यस्तो काम नगरिएको वडा अध्यक्ष शाहको दावी छ ।
वडा अध्यक्ष शाहका अनुसार राहात बितरणका क्रममा केहि तेलका डिव्वाहरुको म्याद गुज्रीएको थाहा हुने बितिक्कै तीँ तेलका डिव्वाहरु फिर्ता गरि नागरिकलाई गुणस्तरीय खाने तेल बितरण गरि सकिएको छ र व्यापारिले पनि गल्ती स्विकार गरि सकेका छन ।
भुल अन्जानमा भएको त्रुटीलाई समेत केहि व्यक्तिले ठुलो बिषय बनाई बदनाम गर्न खोजेको उहाको भनाई छ ।
यता पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माँझीले पनि नियतबस यस्तो गल्ती नभएको बताउनु भएको छ ।
राहात बितरणका क्रममा जनप्रतिनिधि र सरोकारवालको टोलीले जानाजान नभई भुलवस म्याद गुज्रेका सामाग्री बितरण गरेका देखीएको उहाँले बताउनुभयो ।
म्याद गुज्रेका सामाग्री बितरण गर्ने व्यापारी नगर क्षेत्र र जिल्ला बाहिरको भएका कारण यस बिषयमा आवश्यक अनुसन्धानका लागी सम्वन्धित पक्षसँग पहल गरिएको अधिकृत माँझीले बताउनुभयो ।
पञ्चदेवल नगरपालिका राहात बितरण र कोरोना नियन्त्रण अभियानमा किन बिवादित बनीरहेको छ ?भन्नेबारे वडा अध्यक्ष शाह र अधिकृत माँझीसँगको कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस