कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई बान्नीगढी गाउँपालिकाको धन्यवाद

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रण अभियानमा सहयोग गर्ने सहयोगीलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
कोरोना नियन्त्रण अभियानमा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगी दाताहरुलाई गाउँपालिकाले एक बक्तव्य मार्फत हार्दिक धन्यवाद ज्ञापन गरेको हो ।
बान्नीगढी जयगढ गाउँपालिकाले एक बक्तव्य जारि गर्दै कोरोना नियन्त्रण अभियानमा सहयोग गर्ने सहयोगीको बिवरण तथा सहयोग सामाग्रीबारे जानकारी गराएको छ ।
गाउँपालिकाका अनुसार गाउँ कार्यपालिकाका सदस्यहरुबाट ५ वटा कार्यपालिका बैठक बरावरको भत्ता रकम ५९,५०० र गाउँपालिकाका कर्मचारीका तर्फबाट ५३,५०० रुपैँया सहयोग स्वरुप प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा गरिएको छ ।
यस्तै कोरोना नियन्त्रणका लागी शोडषा भूतपूर्व बिद्यार्थी समाजका तर्फबाट १२ पिस सेनिटाईजर,५० पिस मास्क,२ सय पिस ग्लोभ्स सहयोग प्राप्त भएको छ ।
गाउँपालिकाले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको पत्र :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस