Techie IT

कोरोना नियन्त्रणका लागी आठबिस नगरपालिकालाई क्षितिज कन्स्ट्रक्सन प्रालीद्वारा ५० हजार सहयोग


महेश रिमाल,अछाम

कोरोना महामारीले विश्व प्रताडित बनिरहेका बेला यसको रोकथाम तथा नियन्त्रणका लागि आठबिस नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा होटल वसिस इन का व्यबस्थापक एवम क्षितिज कन्स्ट्रक्सन प्रालीका भरत सिजापतिल ले ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

नगरवासीलाई राहत प्रदानमा सहयोग होस भन्ने हेतुले आर्थिक सहयोग गरिएको होटल संचालक समाज सेवि भरत सिजापति (भास्कर) ले बताएका छन् ।

शनिवार नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नगरप्रमुख खड्गराज उपाध्यायलाई चेक हस्तान्तरण गरेका हुन् ।

राकम कर्णालीमा ४ मा सञ्चालित होटल वसिस इनका सञ्चालक तथा क्षितिज कन्ट्रक्सनका प्रोपराइटर भरतकुमार सिजापती (भास्कर) समाज सेवामा सक्रिय एक युवा व्यवसायी हुन् ।

कोरोनाले भयावहकोरुप लिइरहेका बेला आठबीस नगरमा त्यस्तो स्थिति नआवस र नगरपालिकालाई महामारी नियन्त्रण गर्न सजिलो होस भन्दै आफुले ५० हजार सहयोग गरेको सिजापतीले रेडियो परिवर्तन लाइ बताउनु भएको छ ।

भविष्यमा आइपर्ने विपद् व्यवस्थापनका लागि पनि सहयोग गर्दै जाने भन्दै उनले तत्कालै स्वास्थ्य चौकी राकम कर्णालीलाई इसिजी मेसिन पनि उपलब्ध गराउने बताएका छन् ।

होटल वसिस इनका व्यबस्थापक एवम क्षितिज कन्स्ट्रक्सन प्रालीका प्रोपराइटर भरतकुमार सिजापतीले (भास्कर) आफुले नगरपालीका निवासी गरीव विपन्न असाहय एवम अशक्तको लागी आफु सधै लागी पर्ने बताउनु भएको छ । कोरोना महामारी नियन्त्रण गर्न व्यवसायीका तर्फबाट गरिएको सहयोगको उच्च कदर गर्दै नगरप्रमुख उपाध्यायले उनलाइ धन्यवाद दिए ।

आगामी दिनमा पनि निजीक्षेत्रका तर्फबाट थप सहयोगको अपेक्षा गरेको आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले बताए ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!