अछाममा फेरि चट्याङ्ग , यस्तो छ क्षतीको बिवरण

माधब तिमिल्सैना ,अछाम
अछामको पञ्चदेवल बिनायक नगरपालीका वाड नं. ७ पुल्लेतोला तुर्वनमा सोमवार परेको चट्याङले १० बाख्रा मरेका छन् ।
पुल्लेतोला तुर्वन शान्ति फर्मका ५० बाख्रा आज जङ्गलमा चराउन लगिएका थिए ।
दिउसो ४ बजे परेको चट्याङले १० बाख्रा मरेका हुन् । अहिलेसम्म ४ बाख्रा भेटिएका र बाकी ३६ बाख्रा बेपत्ता रहेको पुल्लेतोला तुर्वन शान्ति फर्मका सञ्चालक कटक बहादुर बटालाले बताउनुभएको छ ।
यस्तै पुल्लेतोलामा सोमवार परेको चट्याङले पुल्लेतोलाका ४५ बर्षका जगत रावलको दाया हात र ४७ बर्षका टेक बहादुर बटालाको बाया हातमा गम्भिर चोट लागेको छ ।
सोमवार दिउसो ४ बजेको समयमा घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ परेको हो । अरु मानविय तथा भौतिक क्षति नभएको त्यहाँबाट सरिता रावलले जानकारी दिनुभएको छ ।
अछामको मेल्लेख गाउँपालिकामा आईतवार चट्याङ्गका कारण एक महिलाको मृत्यु भएको थियो ।