लकडाउनको उल्लंघन गर्न केहि साँसद तथा नेता सक्रिय छन : नगर प्रमुख कुँवर ( कुराकानी सहित )

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले लकडाउनको उल्लंघन गर्न केहि सांसद र नेताहरु नै सक्रिय बनेको बताउनु भएको छ ।

अछाम जिल्ला बाहिरका केहि साँसद तथा नेताहरु सस्तो लोक प्रियताका लागी नागरिकहरुलाई आवत जावत गराउन सक्रिय बनेको उहाँले बताउनु भएको हो ।

अछाम जिल्ला बाहिरका जनप्रतिनिधि अनावश्यक रुपमा सस्तो लोक प्रियता कमाउन नागरिकहरुलाइ ओसार पसार गरेर रोग भित्र्याउन भुमिका खेलीरहको उहाँको भनाई छ ।

लकडाउनको समयमा जिल्लामा अवैधानिक रुपमा नागरिकहरु भित्रिनुले गम्भिर समस्या निम्तिन सक्ने उहाँले बताउनु भएको छ ।

कोरोना नियन्त्रणका लागी लग डाउन गरिएका स्थानीय प्रशासन र स्थानिय सरकारसंग कुनै समन्वय नै नगरि नागरिकहरु भित्रिनुले कोरोनाको जोखीम बढ्दै जानुका साथै गम्भिर समस्या निम्तिन सक्ने उहाँले बताउनुभयो ।

जिल्लामा स्थानीय प्रशासन र स्थानिय सरकारसँग कुनै समन्वय नै नगरि जिल्लामा नागरिक भित्रिने क्रमलाई तत्काल रोक्नुपर्ने नगर प्रमुख कुँवरको भनाई छ ।

सोमवार मात्रै अछाम जिल्लामा दर्जनौ नागरिक अछाम प्रशासनसंग कुनै समन्वय नगरि आएका थिए । साँफेबगर नगरपालिकामा भित्रिएका नागरिकहरु पनि नगरपालिकासंग कुनै पनि समन्वय नगरि आएको उहाले बताउनुभयो ।

चौखुट्टेमा दिनानुदिन मानिसहरु यसरी भित्रिने क्रम नरोकिए उनीहरुको व्यवस्थापनमा चुनौती थपिनुका साथै जोखीम बढ्दै जाने उहाको भनाई छ ।

कोरोना नियन्त्रणका लागी लकडाउनमा कडाई गर्न सवारी आवत जावत रोक्न अन्य जिल्लाका सरोरकारवाला पनि सक्रिय बन्नुपर्नेमा कुँवरले जोड दिनु भयो ।
कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker