Techie IT

पार्टी हेर्ने बेला होइन्, सबै मिलेर संकटको सामना गरौं : नेता तिमिल्सैना


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमलराज तिमिल्सैनाले संकटमा बेला सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार रेडियो बान्नीगढीसँगको कुराकानीमा कोभिड—१९ को विश्वव्यापी संकटका बेला पार्टी नहेरेर जनप्रतिनिधीलाई आफूहरु निःस्वार्थ भावका साथ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले त्यसका लागि गाउँपालिकाको नेतृत्व समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘हामी पार्टी नहेरेर यतिबेला संकटको सामना गर्न जनप्रतिनिधीहरुलाई सहयोग गर्न तयार छौं,’ नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका तिमिल्सैनाले भन्नुभयो, ‘बान्नीगढी जयगढ गाउँपालिकाको नेतृत्वले पहलकदमी लिनुपर्छ । जिम्मेवारीअनुसार समन्वय गरेर अगाडि बढ्नुपर्छ । तर, उहाँहरुको समन्वय गर्न सक्ने क्षमतामा अभाव देखिएको छ ।’

नेता तिमिल्सैनाले कोरोना महामारीबाट नागरिकहरुको जीउधनको सुरक्षामा स्थानीय नेतृत्व संवेदनशील बन्नुपर्नेमा विभिन्न विवादमा फसेर नैतिकता गुमाएको बताउनुभयो । उनले जिम्मेवारीपूर्वक काम गर्न र लकडाउनको पूर्ण कार्यन्वयनमा समेत जोड दिन आग्रह समेत गर्नुभयो । उहाँले लकडाउनलाई उल्लंघन गरेर धज्जी उडाइएको भन्दैं असन्तोष समेत प्रकट गर्नुभयो ।

गाउँपालिकामा विभिन्न ठाउँबाट भित्रिएका २० जना नागरिकहरुलाई राख्न क्वारेन्टाइनको समेत अभाव हुनुले गाउँपालिकाको नेतृत्वको क्षमतामाथि प्रश्न खडा हुनुका साथै यो विषय आम नागरिकका लागि लज्जास्पद बनेकोे उहाँको भनाइ छ । ‘कोरोना नियन्त्रण गर्नका लागि वडामा क्वारेन्टाइन निर्माण गर्ने कार्यपालिका बैठकको महत्वपूर्ण निर्णय समेत कार्यान्वयन गर्न नसक्ने जनप्रतिनिधिलाई पदमा बसिरहने नैतिकता बाँकी छैन्,’ उहाँले भन्नुभयो ।

कोरोना महामारीका बेला स्थानीय सरकार नियन्त्रणका कार्यमा लाग्नुका साथै आम नागरिकको सुरक्षामा आश्वस्त पार्नुको सट्टा विभिन्न गैर कानुनी क्रियाकलाप, झै—झगडा, कालोबजारीजस्ता कार्य लाग्नु अनुचित भएको उहाँको भनाइ थियो । यसले नेतृत्वको क्षमतामाथि प्रश्न उठ्न थालेको बताउँदैं उहाँले यसतर्फ सचेत रहेर अगाडि बढ्न समेत सुझाव दिनुभयो ।

‘जनप्रतिनिधिलाई मिलेर काम गर्न, संकटको सामना गर्न सुझाउनुका साथै आवश्यक सहयोग र सुझाव दिदादिदै पनि गाउँपालिकाका जनप्रतिनिधि निकम्मा बन्नु, जनप्रतिनिधिबीच नै समन्वयको अभाव देखिनु गाउँपालिकाबासीका लागि बिडम्वनाको विषय हो,’ उहाँले थप्नुभयो । संकटका बेला पनि आपसी मुद्धा मामिलामा र झगडामा जनप्रतिनिधीहरु व्यस्त रहेकोप्रति पनि उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो ।

नेता तिमिल्सैनासँगको कुराकानी सुन्न तलको लिंक क्लिक गर्नुहोस् :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस