Techie IT

बिप्लव नेतृत्वको नेकपाद्धारा अछाममा राहत बितरण


नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेको छ ।

कोरोना नियन्त्रणका लागी लकडाउन गरिएको अवस्थामा दैनिक जीवन यापनका लागी कष्ट भोगीरहेका नागरिकहरुलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले राहत बितरण गरेको हो ।

१ हप्ता अगाडी सुरु गरिएको राहत वितरण कायक्रमको निरन्तरताका क्रममा बुधवार रामारोशन गाउँपालिकामा राहत वितरण गरिएको छ ।

गाउँपालिकामा रहेका शहिद परिवार, राजवन्दी परिवार, वेपत्ता योद्धा परिवार र अति विपन्न ३३ परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामाग्री वितरण गरिएको जिल्ला जनसरकार अछामका प्रमुख सौगातले जानकारी दिएका छन ।

जनयुद्धकालमा शहिदले गरेको बलिदानका कारण नै आज सत्ताको बागडोर समाल्न पुगेका पात्रहरुले शहिदहरुका सपना बिक्रि गरेको खाए पनि जनयुद्धमा आफ्नो सन्तान गुमाएर एकल जिवन व्यतित गरिरहेका शहिद परिवार आमा बुबालाई समेत विश्वव्यापि महामारीको कारण भोकभोकै रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको कारण अत्यन्त प्रतिकुल समयका बाबजुद पनि उनीहरुको घर आगनमै गएर राहत वितरण गर्नु परेको सौगातको बताउनु भयो ।

रामारोशन गाउँपालिकाको साथै तुर्माखादमा पनि आजै राहत वितरण गरिएको र यस कार्यलाई अझै केहिदिन सम्म निरन्तरता दिने नेपाल कम्युनिष्ट पार्टी अछामले जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!