मेल्लेख गाउँपालिकाद्धारा धनगढिमा अध्ययनरत बिद्यार्थीलाई राहत बितरण

मेल्लेख गाउँपालिकाले धनगढिमा रहेका धनगढिमा अध्ययनरत बिद्यार्थीलाई राहत बितरण गरेको छ ।
धनगढिमा अध्ययन गर्दै आएका मेल्लेख गाउँपालिकाका बिद्यार्थीलाई राहत बितरण गरिएको हो ।
कोरोना नियन्त्रणका लागी लकडाउन गरिएका बेला धनगढिमा अध्ययनरत आफ्ना नागरिकहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भयो ।
लकडाउनका कारण समस्यामा परेका ३१ जना बिद्यार्थीहरुलाई खाद्यान्न सामाग्री दाल,चामल,नुन,तेल बितरण गरिएको बताईएको छ ।
मेल्लेख गाउँपालिका स्थायी घर भई धनगढिमा अध्ययन गरिरहेका बिद्यार्थीहरु समस्यामा परेको भन्दै स्थानीय युवा नेता मोहन साउँद र राजेन्द्र साउँदले गाउँपालिकालाई राहत बितरणका लागी आग्रह गरेका थिए ।
मेल्लेख गाउपालिकाले समस्यामा परेका बिद्यार्थीहरुलाई राहत उपलव्ध गराएपछि युवा नेताद्धयले बिद्यार्थीहरुको कोठामै पुगेर खाद्यान्न सामाग्री बितरण गरेका थिए ।
युवा नेता मोहन साउँदका अनुसार प्रति व्यत्ती साढे १२ किलो चामल,२ किलो दाल,१ पोका तेल, १ किलो नुन बितरण बितरण गरिएको छ ।
युवा नेता साउँदले जिल्ला बाहिर तथा देश बाहिर रहेका आफ्ना नागरिकहरुलाई बिपदको समयमा राहत बितरण गरेर मेल्लेख गाउँपालिकाले नागरिकसँग स्थानीय सरकार संगै संगै रहेको अनुभुति गराएको बताएका छन ।
यता गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरुलाई राहत बितरण गर्न लागी परेको बताउनु भएको छ ।
भारतमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई राहात बितरण गरिएको र गर्ने क्रम जारि रहेका बेला नेपालका बिभिन्न जिल्लामा समस्यामा परेकाहरुलाई पनि राहात बितरण गर्ने काम सुरु गरिएको अध्यक्ष बोहराले बताउनुभयो ।