कोरोना नियन्त्रणमा रचनात्मक भुमिका खेल्दै सु-आहारा

सेवक नेपाल सुआहारा कार्यक्रम अछामले कोरोना नियन्त्रणमा रचानात्मक भुमिका खेल्दै आएको बताएको छ ।

सेवक नेपाल सुआहारा दोस्रो चरण अछामका फिल्ड संयोजक सेत बहादुर भुलले कोराना नियन्त्रणका लागी संस्था र संस्थाका कर्मचारीले रचानात्मक भुमिका खेलीरहेको बताउनु भएको हो ।

उहाँका अनुसार संस्थाले कोरोना सम्वन्धि बच्ने उपायबारे चेतना फैलाउन स्थानीय संचार माध्यमबाट बिभिन्न कार्यक्रम सन्देश प्रशारण गरिएको छ ।

यस्तै कर्मचारीहरुले आ आफ्नो कार्यक्षेत्रमा रहेका सम्पुर्ण घरधुरीलाई दैनीक रुपमा टेलीफोन सम्पर्क मार्फत कोरोना सम्वन्धी सचेतना तथा परामर्श दिईरहेका छन ।

कोरोना सम्बन्धी सचेतना तथा परामर्शका क्रममा देखीएका जोखीमलाई न्युनिकरण गर्न स्वास्थ्य संस्थामा रिफर गर्ने लगायतका कार्य गर्ने गरिएको फिल्ड संयोजक भुलले बताउनुभयो ।

सुआहारा कार्यक्रमले काठमाण्डौमा ईक्वेल एक्सेस नेपालसंगको सहकार्यमा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रम हेलो भन्छिन आमा उत्पादन गरि देशभरका सयौँ रेडियो मार्फत प्रशारण गर्दै आईरहेको छ ।

जस अन्तर्गत अछाम जिल्लामा रहेको ५ वटा रेडियो स्टेशन मार्फत उक्त कार्यक्रम प्रशारण भईरहेका छन ।

कोरोना नियन्त्रणका लागी कार्यक्रम हेलो भन्छिन आमा मार्फत प्रशारण हुने सामाग्री निकै प्रभावकारी रहेको रेडियो बान्नीगढीका स्टेशन म्यानेजर भानु ढकालले बताउनु भयो ।

रोगबाट बच्ने उपाय,लकडाउनको पालना किन गर्ने ,क्वारेन्टाईनमा किन बस्ने जस्ता महत्वपुर्ण सन्देशहरु उक्त कार्यक्रमले प्रशारण गर्ने भएकाले यो कार्यक्रम निकै प्रभावकारी बन्ने उहाँको भनाई छ ।

कार्यक्रम हेलो भन्छिन आमा अछाम जिल्लाका निम्न रेडियोहरुबाट उल्लेखीत समयमा प्रशारण तथा पुनः प्रशारण हुने गर्दछ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker